केन्द्रिय राज्यमन्त्री ठाकुरले नाम्ची जिल्लामा केन्द्रिय प्रायोजित योजनाहरू र विकास परियोजनाहरूको समीक्षा गरिन्
केन्द्रिय राज्यमन्त्री ठाकुरले नाम्ची जिल्लामा केन्द्रिय प्रायोजित योजनाहरू र विकास परियोजनाहरूको समीक्षा गरिन्


नाम्ची, 12 मई (हि.स.)। सिक्किमको तीन दिवसीय भ्रमणमा रहेकी केन्द्रिय महिला तथा बाल विकास मन्त्रालयकी राज्यमन्त्री सावित्री ठाकुरले आज आफ्नो भ्रमणको दोस्रो दिन नाम्ची जिल्लाभरि विभिन्न स्थानहरूको भ्रमण गरिन्। यस क्रममा उनले केन्द्र सरकारका योजनाहरू अन्तर्गत कार्यान्वयन भइरहेका विकास गतिविधिहरूको निरीक्षण गर्नुका साथै लाभार्थीहरूसँग अन्तर​क्रिया गरिन् परियोजनाहरूको प्रगतिको समीक्षा गरिन्।

केन्द्रिय राज्यमन्त्रीले भ्रमणको शुरुआत राभाङ्लामा तथागत त्सलबाट गरिन्, जहॉं उनलाई बौद्ध धर्मका प्रमुख सम्प्रदायहरू, तिब्बती र गान्धार कला र चित्रकला, साथै भगवान बुद्धका बाह्र कार्यहरूको बारेमा जानकारी गराइयो। उनले राभाङ्ला सर्कलका आङ्गनवाडी कार्यकर्ताहरूसँग पनि अन्तरक्रिया गरिन् र यस क्षेत्रमा भइरहेका तल्लो तहका गतिविधिहरूको बारेमा सोधपुछ गरिन्।

त्यसपछि, मन्त्रीले राष्ट्रिय प्रविधि संस्थान सिक्किमको भ्रमण गरिन्, जहाँ निर्देशक प्रो. महेश चन्द्र गोविलले उनलाई संस्थानको प्रवेश प्रक्रिया, संकायको संख्या र विभिन्न शैक्षिक विषयहरूमा विद्यार्थी भर्नाको बारेमा जानकारी गराए।'एक पेड माँ के नाम' पहलको एक भागको रूपमा उनले संस्थान परिसरमा सुन्तलाको बिरुवा रोपिन्।

त्यसपछि, मन्त्रीले तिमी चिया बगानको भ्रमण गरिन्, जहाँ उनलाई बगानमा उत्पादन हुने विभिन्न चियाहरू लगायत चिया उत्पादन प्रक्रियाको बारेमा जानकारी दिइयो। उनले खाद्य तथा नागरिक आपूर्ति तथा उपभोक्ता मामिला विभाग अन्तर्गत नामथाङमा रहेको खाद्य गोदामको पनि भ्रमण गरिन्। उनले कटेङ पाम्फोक जीपीयू अन्तर्गत अप्पर बोक्राङमा प्रधानमन्त्री आवास योजना-ग्रामीण अन्तर्गत निर्माण गरिएको लाभार्थीहरू घरको निरीक्षण गरिन्।

यसरी नै उनले कटेङको सीएम श्री सरकारी माध्यमिक विद्यालय, कटेङ प्राथमिक स्वास्थ्य उप-केन्द्र, नामथाङको कृषि विज्ञान केन्द्रको भ्रमण गर्दै पीएम-केएसएन र पीएमकेएसवाईका लाभार्थीहरूसँग अन्तरक्रिया पनि गरिन्। उनले लाभार्थीहरूलाई सम्बोधन गर्दै विभिन्न केन्द्रिय प्रायोजित योजनाहरू अन्तर्गत जीविकोपार्जन सहयोग पहलहरूलाई प्रोत्साहन गर्दै राज्यको अद्वितीय भूभाग र प्रगतिशील जैविक खेती अभ्यासहरूको बारेमा कुरा गरिन्।

भ्रमणको क्रममा राज्यमन्त्रीको साथमा लोकसभा सांसद इन्द्रहाङ सुब्बा, विधायक रिक्सल दोर्जी, विधायक संजीत खरेल, सिक्किम राज्य महिला आयोगकी अध्यक्ष टेनी डोमा भोटिया, जिल्लापाल अनुपा तामलिङ आदि पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande