बङ्गलादेश सीमामा काँड़े तार लगाउनलाई स्वीकृत गरियो, सीमावर्ती क्षेत्रहरूमा आशासँगसँगै आकाङ्क्षाहरू पनि
बङ्गलादेश सीमामा काँड़े तार लगाउनलाई स्वीकृत गरियो, सीमावर्ती क्षेत्रहरूमा आशासँगसँगै आकाङ्क्षाहरू पनि


सिलगढ़ी, 13 मई (हि.स.)। राज्य मन्त्रीमण्डलको पहिलो क्याबिनेट बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भारत-बङ्गलादेश सीमामा काँड़े तारको (फेन्सिङ्ग) बार लगाउनको लागि जमीन हस्तान्तरण प्रक्रिया शुरू गर्नेलाई स्वीकृति दिएको छ। यसबाट सिलगढ़ी महकुमा अधिनस्थ फाँसीदेवाका सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूमाझ अनुप्रवेश तथा तस्करी रोकिने आशा जागेको छ तथापि केही मानिसहरू सम्भावित विस्थापनदेखि चिन्तित भएका छन्।

स्थानीय मानिसहरूको भनाइ छ, फेन्सिङ्गको लागि जमीन दिने प्रक्रिया अन्तर्गत केही परिवारहरू त्यहाँबाट विस्थापित हुने सम्भावना छ। पछिल्लो लामो समयदेखिको पुनर्वासको माग गरिरहेको सदर बजार तथा धनिया मोड़ क्षेत्रका मानिसहरूले अब सरकारको फसेलामाथि नजर राखिरहेका छन्।

यस मामिलामा दार्जीलिङका जिल्लाधिकारी हरिशङ्कर पनिक्करले आश्वासन दिए, कुनै पनि भारतीय नागरिकलाई समस्या हुन दिइनेछैन।

फूलबाड़ीको छेउमा लालदासजोतदेखि हप्तियागछसम्म लगभग 21 किलोमीटर लामो इण्डो-बङ्गलादेश बोर्डरको भाग फाँसीदेवा ब्लकमा पर्छ जसमा लगभग साढ़े चार किलोमीटर क्षेत्र अहिले पनि खुल्लै छ। धनिया मोड़को लगभग अढ़ाई किलोमीटर खुल्ला क्षेत्रमा वर्ष 2024-को अगस्त महिनादेखि अस्थायी फेन्सिङ्ग शुरू भएको थियो भने मुड़िखावा क्षेत्रमा जमीन अधिग्रहण प्रक्रिया भइरहेको छ।

यस क्षेत्रबाट पछिल्लो लामो समयदेखिकै गाई-गोरूको तस्करी भएका सिकायतहरू आइरहेका छन्। सीमा सुरक्षा बल (बीएसएफ)-ले पनि मान्यो, जमीनसित सम्बन्धित जटिलताहरूको कारणले काम मन्द गतिमा भइरहेको थियो, तर अब समाधान हुने आशा छ।

क्याबिनेट बैठकमा आगामी 45 दिनभित्रमा बीएसएफलाई आवश्यक जमीन सुम्पिने निर्देश दिइएको छ।

स्थानीय किसानहरूको भनाइ छ, फेन्सिङ्ग नभएको कारणले प्रायजसो सीमा पारिबाट आउने असामाजिक तत्वहरूले अन्न-बाली नष्ट गरिदिन्थे।अस्थायी काँड़े तार लगाइएको भए पनि स्थितिमा सुधार आएको छैन। स्थायी फेन्सिङ्ग लगाइए सुरक्षा अझ मजबुत हुनेछ।

तथापि यस क्षेत्रमा तस्करीलाई रोक्ने क्रममा केही हिंसक घटनाहरू पनि भएका छन्। पछिल्लो केही वर्षभित्रमा बीएसएफको कारबाहीमा परी धेरैजना मानिसहरूको मृत्यु तथा घाइते हुने घटनाहरू पनि हुँदै आएका छन्। यस स्थितिमा ग्रामीणहरूको मान्यता छ, फेन्सिङ्गबाट तस्करी मात्र रोकिनेछैन जबकि ज्यानमालको नोक्सान पनि कम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande