चन्द्रमोहन पटवारी असम विधानसभाको प्रोटेम स्पीकर नियुक्त
चन्द्रमोहन पटवारी असम विधानसभाको प्रोटेम स्पीकर नियुक्त


गुवाहाटी, 13 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं टिहू विधानसभा क्षेत्रका विधायक चन्द्रमोहन पटवारीलाई प्रोटेम स्पीकरको रूपमा नियुक्त गरिएको छ।

उल्लेखनीय छ, आगामी 21 र 22 मईको दिन विधानसभामा विधायकहरूलाई चन्द्रमोहन पटवारीद्वारा शपथ ग्रहण गराइनेछ। स्मरण गराइन्छ, यसपालि विधानसभाको अध्यक्षको रूपमा रञ्जीत कुमार दासलाई चयन गरिएको छ।

बुधवार एक कार्यक्रममा सामेल हुन आएका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बताएका छन्, आगामी 22 मईपछि असम मन्त्रीमण्डललाई विस्तार गरिनेछ। यसबीच मुख्यमन्त्रीले भने, यस विषयमा चर्चा भइरहेकै छ।

उल्लेखनीय छ, गए 12 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदी एवं 22 वटा राज्यहरूका मुख्यमन्त्रीहरूको उपस्थितिमा डा. हिमन्त बिस्व सरमाले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए। असमको 126 वटा विधानसभा सीटमा भाजपा नेतृत्वाधिन राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) ले 102 वटा सीटमा विजय हासिल गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande