असम पुलिसको क्राइम ब्राञ्चको कार्यालयमा पुगे कङ्ग्रेस प्रवक्ता पवन खेड़ा
असम पुलिसको क्राइम ब्राञ्चको कार्यालयमा पुगे कङ्ग्रेस प्रवक्ता पवन खेड़ा


गुवाहाटी, 13 मई (हि.स.)। असम पुलिसको क्राइम ब्राञ्चको कार्यालयमा जाँचबुझमा हुनका लागि कङ्ग्रेसका राष्ट्रिय प्रवक्ता पवन खेड़ा बुधवार गुवाहाटी आइपुगे। ज्ञात रहोस्, मुख्यमन्त्रीकी पत्नी रिनिकी भुइयाँ शर्माविरूद्ध तीन वटा विदेशी पासपोर्ट राखेको आरोप लगाइएको मामिलामा पवन खेड़ा क्राइम ब्राञ्चको कार्यालयमा पुगेका हुन्।

क्राइम ब्राञ्चको कार्यालयमा उपस्थिति दर्ता गराउने क्रममा त्यहाँ उपस्थित सञ्चारकर्मीहरूसित बातचित गर्दै पवन खेड़ाले भने, न्यायपालिकामाथि उनलाई पूर्ण विश्वास छ। उनले यो पनि भने, जाँचमा पूर्ण सहयोग गर्नेछु।

उल्लेख्य, पवन खेड़ाले गुवाहाटीमा एक सम्वाददाता सम्मेलनमा आरोप लगाएपछि लुक्दै हिँड़िरहेका थिए। मुख्यमन्त्रीकी पत्नीले खेड़ाका आरोपहरूलाई झुटो बताउँदै क्राइम ब्राञ्चमा एक प्राथमिकी दर्ता गराएकी थिइन् जसपश्चात पुलिसको टीमले उनलाई पक्राउ गर्नको लागि दिल्ली पुग्यो, तर उनी भूमिगत भएको कारणले पक्राउ हुन सकेन।

यसबीच खेड़ाले अग्रिम जमानतको लागि पहिला तेलङ्गाना उच्च न्यायालय र पछि उच्चतम न्यायालयमा गुहार मागे। तथापि उच्चतम न्यायालयले गौहाटी उच्च न्यायालयमा जमानतको लागि आवेदन गर्न भनेको थियो। यसबीच गौहाटी उच्च न्यायालयले पवन खेड़ालाई अग्रिम जमानत दिँदै विभिन्न प्रकारको प्रतिबन्ध पनि लगाएको छ जसान्तर्गत आज खेड़ा क्राम ब्राञ्चमा जाँचबुझको लागि आएका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande