बर्दवानः गाई तस्करीको मामिलामा दुई जना समातिए, 22 वटा गाई जफत
बर्दवानः गाई तस्करीको मामिलामा दुई जना समातिए, 22 वटा गाई जफत


पूर्व बर्धमान, 13 मई (हि.स.)। बर्दवान सदर पुलिसले बर्दवान शहरमा गाई तस्करी भएको शङ्का लागेर छापामारी कारबाही गऱ्यो। यस छापामारीमा 22 वट गाई-गोरूहरूलाई जफत गरियो भने यस मामिलामा दुई जना मानिसहरूलाई पक्राउ गरियो। आरोपीद्वयको पहिचान शेख रफिकुल इस्लाम (30) र मिन्टू शेख (50) को रूपमा भएको छ। यी दुवै नै पूर्वस्थली पुलिस स्टेशनको हल्दी नपाड़ा क्षेत्रका निवासी हुन्।आरोपीहरूलाई गए मङ्गलवार बर्दवान जिल्ला अदालतमा पेश गरियो।

बुधवार पुलिस सूत्रले बताए अनुसार, गत सोमवार अबेर राती बर्दवान शहरको बादामतला क्षेत्रमा मुख्य डाकघरको छेउमा गाई-गोरूहरूले लादिएको एउटा संदिग्ध वाहनलाई रोकियो। पुलिसले वाहनको जाँच गर्दा 22 वटा गाई भेटियो। त्यसपछि गाईहरू सहित दुई जना मानिसहरूलाई पक्राउ गरियो।

पुलिस अनुसार आरोपीहरूले यी गाई-गोरूहरूको वैध दस्तावेज पेश गर्न सकेनन्। प्रारम्भिक जाँचबुझमा उनीहरूले दाबी गरे, गाईहरूलाई बाँकुराको पत्रसायर क्षेत्रबाट ल्याइएको थियो जसलाई श्रीखण्ड लगिँदैथ्यो। त्यसपछि तस्करीको सन्देहमा गाईहरूलाई जफत गरियो। पुलिसले भारतीय दण्ड संहिताको धारा 303 (2), 317 (2), 317 (4), 317 (5) र 62 (2) अन्तर्गत मामिला दर्ता गरेको छ। बर्दवान सदर पुलिस अधिकारीहरूले भने, उनीहरूले सम्पूर्ण घटनाको जाँच शुरू गरिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande