सेना छाउनी क्षेत्रबाट संदिग्ध बङ्गलादेशी युवक पक्राउ
सेना छाउनी क्षेत्रबाट संदिग्ध बङ्गलादेशी युवक पक्राउ


सिलगढ़ी, 13 मई (हि.स.)। बागडोगराको ब्याङ्गडुबी सेना छाउनी क्षेत्रबाट एकजना संदिग्ध बङ्गलादेशी युवकलाई पक्राउ गरिएको छ। बितेको राती छाउनीको छेउमा एउटा रेलवेको बगीमा पसने प्रयास गरिरहेको समय सेनाको क्विक रेस्पन्स टीमले संदिग्ध युवकलाई पक्राउ गऱ्यो।

प्रारम्भिक जाँचबुझमा युवकको बयानमा बिसङ्गति पाइएको कारणले उसलाई बोगडोगरा पुलिसकहाँ सुम्पिइयो।

पुलिस सूत्र अनुसार पक्रा पर्ने युवकले आफ्नो नाम कौशिक विश्वास बताए पनि जाँचमा उ बङ्गलादेशी नागरिक रहेको स्पष्ट भएको छ।

सेनाको छाउनी क्षेत्रमा प्रतिबन्ध भए पनि भित्र कसरी पुग्यो, यसको जाँच सैन्य गुप्तचर एजेन्सीहरूले गरिरहेका छन्। आज आरोपीलाई रिमाण्डको मागसितै सिलगढ़ी सब-डिभीजनल कोर्टमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande