
उत्तर 24 परगना, 13 मई (हि.स.)। जिल्लाको बरानगरबाट तृणमूल कङ्ग्रेसका पार्षद शान्तनु मजुमदार उपनाम मेजोलाई धन असुली एवं धम्की दिएको आरोपमा पक्राउ गरिएको छ। बरानगर नगरपालिकाको 14 नम्बर वार्डका पार्षद मेजोलाई ब्यारकपुर पुलिसले बुधवार पक्राउ गरेको हो।
पुलिस सूत्र अनुसार बरानगर निवासी रीता राय नामक महिलाले गए मङ्गलवार शान्तनु मजुमदारविरूद्ध सिकायत दर्ता गराएकी थिइन्। सिकायतमा आरोप लगाइएको छ, फ्ल्याटको भाड़ोटीसित सम्बन्धित विवादलाई सुल्झाउने नाममा पार्षदले विभिन्न समयमा उनीहरूबाट पैसा असुले।
महिलाको आरोप छ, वर्ष 2024-2026 बीच शान्तनुले उनीबाट किस्तामा 70 हजार रुपियाँ लिए। यस अतिरिक्त पार्षदमाथि बलजफ्ती फ्ल्याटमा भाड़ोटीलाई बसाएको आरोप पनि लगाइएको छ।
सिकायत प्राप्त भएपछि तत्काल कारबाही गर्दै ब्यारकपुर पुलिसले 24 घण्टाभित्रमै आरोपी पार्षदलाई पक्राउ गऱ्यो।
पुलिसले बतायो, शान्तनु मजुमदारविरूद्ध बलजफ्ती घरमा प्रवेश गरेको, मोलतोल गरेको, धम्की दिएको तथा डर देखाएको आरोप लगाइएको छ। उनीविरूद्ध भारतीय न्याय संहिताको धारा 333, 308 (5), 351 (3) र 3 (5) अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा