बङ्गालमा गर्मीको प्रभाव बढ़्यो, उत्तर बङ्गालमा घना वर्षा हुने पूर्वानुमान
बङ्गालमा गर्मीको प्रभाव बढ़्यो, उत्तर बङ्गालमा घना वर्षा हुने पूर्वानुमान


कोलकाता, 13 मई (हि.स.)। वैशाख महिनाका अन्तिम क्षणहरूमा पश्चिम बङ्गालमा गर्मीको प्रभाव पुनः तीव्र हुन थालेको छ। केही दिनअघि लगातार वर्षा तथा तीव्र हावाको कारणले कोलकाता समेत दक्षिण बङ्गालमा बिहान अनि रातको मौसम रमाइलो हुन थालेको थियो। तर पछिल्लो दुई-तीन दिनदेखिको मौसमको स्वरूप परिवर्तन भएको छ। तापमानसितै ‘रियल फील’ गर्मी पनि बढ़ेको छ। हावामा नमी भएको कारणले आद्रता पनि महसूस गरिँदैछ।

मौसम विभाग अनुसार बुधवार बिहानदेखिकै कोलकातामा चर्को घाम देखियो। भारतीय मौसम विज्ञान विभागको अलिपुर मौसम कार्यालयको जानकारी मुताविक मङ्गलवार शहरको अधिकतम तापमान 34.6 डिग्री सेल्सियस औ न्यूनतम तापमान 26.8 डिग्री सेल्सियस दर्ता गरियो। आकाश सफा रहेको कारणले हाल वर्षा हुने सम्भावना छैन। त्यसरी नै हावामा नमी अधिक भएको कारणले आद्रता र असहजता बढ़्नसक्छ। अनुमान अनुसार आगामी शुक्रवारसम्ममा शहरको तापमान 2-3 डिग्री सेल्सियससम्म बढ़्नसक्छ।

दक्षिण बङ्गालमा मौसम बिस्तारै शुष्क हुने सङ्केत देखिँदैछ। आगामी केही दिनसम्म वर्षा हुने सम्भावना कमै छ। शनिवारसम्ममा तापमानमा क्रमिक वृद्धि हुनसक्छ। नमी अधिक रहने हुनाले आद्रता पनि बढ़्नेछ। पश्चिम जिल्लामा गर्मीको प्रभाव अधिक महसूस हुने सम्भावना छ। अपरान्हमा कतै-कतै सुक्खा तातो हावा चल्नसक्छ।

अर्कोतिर उत्तर बङ्गालमा मौसम यसको विपरीत भएको छ। बुधवार पनि केही जिल्लाहरूमा घना वर्षा .यथावत रहने पूर्वानुमान छ। मौसम विभाग अनुसार आगामी शनिवारसम्म वर्षाको सिलसिला यथावत रहनसक्छ। बुधवार दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाईगुड़ी, कुचबिहार तथा उत्तर दिनाजपुरमा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यस अवधि मेघ गर्जनासितै वर्षा तथा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने अनुमान छ।

बिहीवार पनि उत्तर बङ्गालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा तथा हुन्डरी आउने सम्भावना कायम रहनेछ। विशेष गरी जलपाईगुड़ी, कुचबिहार र अलिपुरद्वारमा मुसलधारे पानी पर्ने चेताउनी जारी गरिएको छ। तथापि शुक्रवारदेखि वर्षाको तीव्रता विस्तारै घट्दै जानसक्छ। आगामी शनिवारपछि उत्तर बङ्गालका जिल्लाहरूमा तापमान सामान्य रूपमा बढ़्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande