
गुवाहाटी, 13 मई, (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार गुवाहाटीको सिलपुखुरीस्थित स्मारकमा भारत रत्न लोकप्रिय गोपीनाथ बोरदोलोईलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले गोपीनाथ बोरदोलोईलाई प्रेरणाश्रोत बताउँदै असम र पूर्वोत्तरको हित एवं अस्मिताको रक्षामा उनको ऐतिहासिक योगदानलाई स्मरण गरे।
डा. सरमाले भने, लोकप्रिय गोपीनाथ बोरदोलोईको दूरदर्शी नेतृत्व आधुनिक असमको निर्माण र राष्ट्रिय एकतालाई मजबुत बनाउनमा अत्यन्त महत्वपूर्ण रहेको छ।
ज्ञात रहोस्, गोपीनाथ बोरदोलोई असमका पहिलो मुख्यमन्त्री थिए। त्यसैले डा. सरमाले आफ्नो सरकारको कार्यको शुरूआत बोरोदोलोईलाई पुष्पाञ्जली अर्पण गरेर गरे। मुख्यमन्त्रीसित अन्य चार जना मन्त्रीहरू क्रमैले रामेश्वर तेली, अतुल बोरा, अजन्ता नेओग र चरण बोडो सहित गुवाहाटीका अन्य चार जना विधायकहरू पनि उपस्थित थिए।
यस अवसरमा मीडियासित बातचित गर्दै डा. सरमाले भने, आगामी 21 मईको दिन विधानसभा सत्र आयोजना गरिनेछ जसमा सरकारले आफ्नो बहुमतलाई साबित गर्नेछ। उनले भने, विधानसभा सत्रपछि मन्त्रीमण्डलमा विस्तारमाथि चर्चा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा