दिल्ली सरकारका मन्त्रीले पनि पेट्रोल बचाउनेछन्, कपिल मिश्राले गरे मेट्रो मार्फत यात्रा
दिल्ली सरकारका मन्त्रीले पनि पेट्रोल बचाउनेछन्, कपिल मिश्राले गरे मेट्रो मार्फत यात्रा


नयाँ दिल्ली, 13 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा मुख्यमन्त्री रेखा गुुप्ताको निर्देशमा दिल्लीका सबै मन्त्री, अधिकारी एवं कर्मचारीहरू इन्धन बचाउनको लागि हरसम्भव प्रयास गर्नेछन्। सो मन्तव्य दिल्लीका कला, संस्कृति एवं भाषा मन्त्री कपिल मिश्राले व्यक्त गरेका हुन्। मिश्राले बुधवार परिवहनको लागि दिल्ली मेट्रोको प्रयोग गरे। मेट्रोमा यात्रा गर्दा कपिल मिश्राले दिल्ली वासीहरूलाई ऊर्जा संरक्षणका विविध उपायहरूमाथि चर्चा गर्दै अन्य मानिसहरूलाई प्रेरित गर्ने आग्रह गरे। उनले दैनिक जीवनमा आफ्नो कार्यालय एवं प्रतिष्ठान जानको लागि निजी वाहनहरूको प्रयोग गर्ने दिल्लीवासीहरूसित बस एवं मेट्रोलाई अप्नाउने आग्रह गरे। साथै घर नजिकै अवस्थित बजार अनि अन्य स्थानहरूको लागि पैदल वा साइकल प्रोग गर्ने आग्रह गरे। मिश्राले भने, वैश्विक सङ्कटबीच प्रधानमन्त्री मोदीको आह्वानलाई पालन गर्दै इन्धन बचाउनु अनि ऊर्जा संरक्षण गर्नु हामी सबैको राष्ट्रिय कर्तव्य हो। मुख्यमन्त्री रेखा गुप्ताले पनि आफ्नो लावा-लस्करलाई आधाभन्दा अधिक घटाइरहेकी छन्। दिल्लीका मन्त्रीले सार्वजनिक परिवहन अप्नाइरहेका छन्। अब अत्यावश्यक परे एउटा सरकारी वाहन मात्र प्रयोग गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande