
गुवाहाटी, 13 मई, (हि.स.)। जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी श्यामकानु महन्तलाई बुधवार गौहाटी उच्च न्यायालयले ठूलो झट्का दियो। न्यायमूर्ति पार्थिव ज्योति सैकियाको एकल पीठले उनको जमानत याचिकालाई स्वीकार गरेन।
बुधवार मामिलाको सुनवाईमा अभियोजन र बचाउ पक्षले तर्कहरू पेश गरे। दुवै पक्षको कुरा सुनेपछि न्यायालयले जमानत याचिकालाई मञ्जुरी दिन सोझै अस्वीकार गऱ्यो।
सूत्र अनुसार जमानत याचिका खारेज भएपछि कोलकाताबाट आएका महन्तका अधिवक्ताले उच्च न्यायालयका रजिस्ट्रर कार्यालयमा मामिलासित सम्बन्धित आवश्यक कानूनी प्रक्रिया पूरा गरे।
उल्लेखनीय छ, फास्ट ट्र्याक कोर्टद्वारा कैयौं पटक जमानत याचिका खारेज गरिएपछि श्यामकानु महन्तले उच्च न्यायालयको ढोका ढक्ढकाएका थिए। मामिलाको संवेदनशीलता र जनचर्चाको कारणले यो प्रकरण लगातार चर्चाको विषय भइरह्यो।
उल्लेख्य, यसै वर्षको गत अप्रेल महिनामा फास्ट ट्र्याक कोर्टले चार्जशीटमाथि दुवै पक्षको तर्क सुनेपछि जमानत याचिकामाथि आदेश सुरक्षित राखेको थियो। पछि 30 अप्रेलको दिन महन्तको जमानत याचिकालाई खारेज गरिएको थियो।
ज्ञात रहोस्, मामिलाका अर्का मुख्य आरोपी सिद्धार्ध शर्माको जमानत याचिकालाई पनि यसअघि फास्ट ट्र्याक कोर्टद्वारा खारेज गरिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा