
जलपाईगुड़ी, 13 मई (हि.स.)। पहाड़देखि लिएर मैदानी भागसम्म द्रूत गतिमा मौसम परिवर्तन भइरहेकोले उत्तर बङ्गालमा वज्रपात, बादल फाट्ने तथा चक्रवात जस्ता घटनाहरू बढ़्दो छ। यी सबै जोखिमहरूको बारेमा समयमै चेताउनी दिनको लागि अब आधुनिक वेदर फोरकास्ट रडार सिस्टम जड़ान गरिँदैछ।
उत्तर बङ्गालका दुई जिल्ला क्रमैले मालदा र जलपाईगुड़ीमा शक्तिशाली रडार स्थापना गरिनेछ।
मालदामा 250 किलोमीटर कभरेज गर्ने अनि जलपाईगुड़ीको राजबाड़ीपाड़ास्थित फ्लड मेटियोरोलजी अफिसमा 50 किलोमीटर रेञ्जलाई कभर गर्ने रडार जड़ान गरिँदैछ। यस अतिरिक्त सिक्किममा 100 किलोमीटर कभरेज गर्ने रडार स्थापना गरिनेछ। सिक्किमको मौसम विभागका सेन्ट्रल डाइरेक्टर गोपीनाथ राहाले जलपाईगुड़ीमा आयोजित एक बैठकमा यस आशयको जानकारी दिए।
मौसम विभाग अनुसार मालदाको रडारले कुचबिहारको ठूलो भू-भाग सहित गौड़ बङ्ग क्षेत्रलाई कभर गर्नेछ भने जलपाईगुड़ीको रडारले जिल्लासँगसँगै हिमााली क्षेत्रको एक भागलाई पनि कभर गर्नेछ। मालदामा यसको लागि जमीन अधिग्रहण तथा बुनियादी ढाँचामाथि काम शुरू गरिसकिएको छ। आगामी नोभेम्बर महिनासम्ममा यसलाई पूरा गर्ने लक्ष्य राखिएको छ।
हिमालय संलग्न यस क्षेत्रमा प्राकृतिक आपदाका घटनाहरू लगातार बढ़िरहेका छन् जसबाट ज्यान-मालको ठूलो नोक्सान भइरहेको छ। यसैलाई ध्यानमा राखेर असम, सिक्किम र उत्तर बङ्गालमा केही आधुनिक रडार जड़ान गर्ने योजना बनाइएको हो ताकि पहिलाबाटै अलर्ट राखेर नोक्सानलाई कम गर्न सकियोस्।
विशेषज्ञहरू अनुसार यदि 2–3 घण्टाअघि सठीक ‘नाउकास्ट’ (तत्काल पूर्वानुमान) प्राप्त भए आपदादेखि बचाउनमा ठूलो मद्दत पुग्नेछ। दुई वर्षअघि मयनागुड़ीको वार्निश क्षेत्रमा आएको टरनेडोमा धेरैजना मानिसहरूको मृत्यु भएको थियो भने धेरै क्षति पनि भएको थियो। यस्ता घ
टनाहरूलाई रोक्नमा यो रडारले महत्वपूर्ण भूमिका निभाउनेछ।
यसको साथै जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर औ दक्षिण दिनाजपुर तथा मालदामा लाइटनिङ्ग फोरकास्ट सिस्टम पनि जड़ान गरिनेछ, किनभने हालका वर्षहरूमा वज्रपातका घटनाहरू बढ़्दो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा