
कोलकाता, 13 मई (हि.स.)। पश्चिम बङ्गालको क्षेत्रीय राजनीतिक पार्टी आम जनता उन्नयन पार्टीका प्रमुखले बुधवार राज्यका नवनियुक्त मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशंसा गर्दै विश्वास व्यक्त गरे, उनले जनताको हितमा सरकार चलाउनेछन्।
बङ्गालमा भाजपा नेतृत्वाधिन सरकार बनिएकोमा प्रतिक्रिया व्यक्त गर्दै हुमायुँ कबीरले भने, विधानसभा चुनाउको परिणाम सार्वजनिक भएपछि म अत्यन्त हर्षित भएको छु। मेरो मुख्य उद्देश्य ममता ब्यानर्जीको भ्रष्ट सरकारलाई सत्ताच्युत पार्नु थियो। बङ्गालका जनताले त्यो काम गरेर देखाए। यसको लागि म राज्यको जनतालाई बधाई दिन्छु।
पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी नेतृत्वाधिन पछिल्लो सरकारलाई लक्षित गर्दै उनले भने, राज्यका जनताले यसपालि स्पष्ट रूपमा राजनीतिक परिवर्तनको पक्षमा मतदान गरेका छन्।
मुख्यमन्त्री शुभेन्दु अधिकारीको बारेमा हुमायुँ कबीरले भने, उनीसित लामो राजनीतिक अनुभव छ। उनी पहिला विधानसभामा नेता प्रतिपक्ष पनि रहिसकेका छन्। मलाई विश्वास छ, उनले एक सक्षम सरकार चलाउनेछन् र आम जनताको हितमा काम गर्नेछन्।
उल्लेखनीय छ, शुभेन्दु अधिकारीले शनिवार पश्चिम बङ्गालका पहिलो भाजपा मुख्यमन्त्रीको रूपमा शपथ लिए। राज्यपाल आर. एन. रविले उनलाई पद अनि गोपनीयताको शपथ दिलाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा