इण्डियन ओयलद्वारा कोलकातामा रिटेल सेफ्टी क्याम्पेनको आयोजन
इण्डियन ओयलद्वारा कोलकातामा रिटेल सेफ्टी क्याम्पेनको आयोजन


कोलकाता, 13 मई (हि.स.)। पेट्रोल पम्पहरूलाई लिएर सुरक्षा जागरूकता, आपातकालीन तयारी एवं सर्वोत्तम परिचालन प्रथाहरूलाई प्रेरित गर्ने उद्देश्यले इण्डियन ओयल कर्पोरेशन लिमिटेडको तत्वाधानमा महानगर कोलकाताको प्रिन्स अनवर शाह रोडस्थित प्रिन्स सर्भिस स्टेशनमा रिटेल सेफ्टी क्याम्पेन आयोजना गरियो। यस अभियानको माध्यमबाट कम्पनीले आफ्नो रिटेल नेटवर्कमा सुरक्षा मानक एवं परिचालन उत्कृष्टतालाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोऱ्यायो।

यस अवधि गतिविधिहरूको समीक्षा मार्केटिङ्ग हेड अफिसका एग्जीक्यूटिभ डाइरेक्टर (हेल्थ, सेफ्टी एण्ड एनभायरनमेन्ट), देब कुमार सरकारद्वारा गरियो। यस अवसरमा पश्चिम बङ्गाल कार्यालयका रिटेल प्रमुख, आशिष कुमार गुप्ता तथा कोलकाता शाखाका प्रमुख राजीव बिस्वास पनि उपस्थित थिए।

कार्यक्रममा आपातकालीन परिस्थितिहरूको सामना गर्ने तयारीको मूल्याङ्कन गर्नको लागि व्यापक स्तरमा सुरक्षात्मक प्रयोग (मक ड्रिल) गरियो। साथै पेट्रोल पम्पमा उपलब्ध सुरक्षा सुविधा एवं अग्निशमन उपकरणहरूको विस्तृत निरीक्षण पनि गरियो ताकि उनीहरूको कार्यक्षमता एवं सुरक्षा मानकहरू अनुरूप तयारी सुनिश्चित गर्न सकियोस्। देव कुमार सरकारले देशभरिका विभिन्न पेट्रोल पम्पहरूमा यस प्रकारका सुरक्षा अभियानहरू सञ्चालन गर्ने आवश्यकतामाथि बल दिए जसबाट सङ्गठनमा सुरक्षाप्रति जागरूकता एवं सक्रिय जोखिम प्रबन्धनलाई अझ सुदृढ़ गर्न सकियोस्।

यस अवसरमा कन्सर्न फर कलकत्ताका अध्यक्ष नारायण जैन र दिलीप लोयलकाले जन-जागरूकताको निम्ति सुरक्षा जागरूकता कार्यक्रम आयोजना गरेकोमा इण्डियन ओयलको सराहना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande