
इम्फाल, 13 मई (हि.स.)। मणिपुर पुलिस मुख्यालयले बुधवार सामाजिक सञ्जालमा भाइरल भएको पोस्टको बारेमा आधिकारिक विज्ञप्ति जारी गरेको छ। पुलिस प्रशासनले स्पष्ट पारेको छ कि जुन घटनालाई मणिपुरसित जोड़ेर प्रचारित गरिँदैछ, त्यो वास्तवमा छिमेकी देश म्यानमारमा भएको हो र यसको भारतसँग कुनै सम्बन्ध छैन।
पुलिस सूत्रहरू अनुसार, 12 मईमा दिउँसो 3 बजीतिर मोलनोई कुकी गाउँमा घरहरूमा आगजनी गरिएको खबर विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा द्रुत गतिमा प्रसारित गरियो। यस विषयमा अनुसन्धान गरेपछि प्रशासनले मोलनोई कुकी गाउँ म्यानमारमा अवस्थित रहेको पत्ता लगायो। यो गाउँ मणिपुरको कामजोङ जिल्लाको सीमा स्तम्भ (बीपी) 113 देखि लगभग 2 किलोमिटर टाढ़ा अवस्थित छ।
पुलिस मुख्यालयले घटनालाई मणिपुरसँग जोड़ेर भ्रम फैलाउने प्रयास भइरहेको बताएको छ। प्रशासनले कुनै पनि समाचार वा पोस्ट सेयर गर्नुअघि त्यसको सत्यता प्रमाणित गर्न जनतालाई अपील गरेको छ।
विज्ञप्तिमा सामाजिक सञ्जाल मार्फत भ्रामक र गलत जानकारी फैलाएर राज्यमा शान्ति खलल पार्ने प्रयास भइरहेको पनि उल्लेख छ। राज्य सरकार, पुलिस प्रशासन र सुरक्षा बलहरूले यस्ता गतिविधिहरूलाई रोक्न सतर्कता अपनाइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी