
सिलगढ़ी, 13 मई (हि.स.)। शहर निकट पतिराम जोतको अनिल नगर क्षेत्रमा बुधवार बिहान सवेरै भयानक आगो लाग्यो जसमा एउटा पुरानो फर्नीचर फ्याक्ट्री पूर्ण रूपमा जलेर खरानीमा परिणत भयो। मालिक पक्ष अनुसार यस दुर्घटनामा करोड़ौं रुपियाँको फर्नीचर जलेर नष्ट भएको छ। बिहानी पख स्थानीय मानिसहरूले सबैभन्दा पहिला फ्याक्ट्रीभित्र आगो बलिरहेको देखे जसपश्चात क्षेत्रमा कोकोहोलो मचियो।
सूचना पाउनसाथ दमकल विभागलाई बोलाइयो, तर सड़कको सुविधा नबएको कारणले दमकका वाहनहरू समयमा घटनास्थलमा पुग्न सकेनन्। यसबीच आगो द्रूत गतिमा फैलियो। स्थानीय मानिसहरूले प्रयास गरे पनि आगोलाई नियन्त्रण गर्न सकिएन। पछि दमकलको एउटा सानो वाहन वैकल्पिक मार्ग भएर घटनास्थलमा पुग्यो अनि आगो निभाउनमा जुट्यो। लामो प्रयासपछि आगोलाई नियन्त्रण गरियो। घटनाको जाँच माटीगाड़ा थानाको पुलिसले शुरू गरेको छ। हाल आगलागीको कारण थाहा पाउन सकिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा