सत्ता परिवर्तनपठि जादवपुर परिसरमा सक्रिय भयो सङ्घ
सत्ता परिवर्तनपठि जादवपुर परिसरमा सक्रिय भयो सङ्घ


कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गालको राजधानी कोलकातास्थित जादवपुर विश्वविद्यालय परिसरमा गए मङ्गलवार बिहान राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)- मा शाखा जस्तै गतिविधिहरू देख्न पाइयो। भाजपाको सत्ता परिवर्तनपछि परिसरमा सङ्घका गतिविधिहरू शुरू भएकोमा चर्चा चुलिएको छ। यस कार्यक्रममा विश्वविद्यालयका केही शिक्षाकर्मीहरू पनि सामेल भए।

जानकारी अनुसार विश्वविद्यालय परिसरमा त्रिगुणा सेन अडिटोरियमको छेउमा लगभग एक घण्टासम्म दुई चरणमा यो गतिविधि चल्यो। यसमा योग, योगासन, अनुलोम-विलोम औ कपालभाति जस्ता अभ्यास गरियो। त्यसपछि महान व्यक्तिहरूको जीवनी पाठ, सङ्घ गीत एवं शिवाजी प्रणाम पनि गरियो। अचानक भएको यस किसिमको गतिविधिलाई देखेर परिसरमा बस्ने मानिसहरू छक्क परे।

वेस्ट बङ्गाल यूनिभर्सिटी कर्मचारी परिषदका राज्य सचिव पलाश माजीले भने, यो गतिविधि अब शुरू भएको छ र आगामी दिनमा पनि कायम रहनेछ। उनले बताए, पहिला पनि यस मैदानमा केही कार्यक्रमहरू आयोजना भएको थियो, तर त्यसबेला विरोधको सामना गर्नु परेको थियो। अब परिस्थिति फेरिएको छ।

यस सम्बन्धमा राष्ट्रिय स्वयंसेवक सङ्घको दक्षिण बङ्गाल प्रान्तका प्रचार प्रमुख बिप्लव रायले भने, सङ्घका गतिविधिहरूको उद्देश्य राष्ट्रवादी विचारहरूलाई प्रसार गर्नु तथा मानिसहरूलाई प्रेरित गर्नु हो। यद्यपि जादवपुर विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमको निम्ति सङ्गठनको आधिकारिक अनुमति प्राप्त भएको थियो-थिएन, जानकारी लिइँदैछ।

यता विश्वविद्यालयका पूर्व कुलपति बुद्धदेव साहाले भने, उनलाई परिसरमा यस किसिमको कुनै गतिविधि भइरहेको बारेमा केही जानकारी थिएन। उनले भने, शिक्षक, विद्यार्थी एवं कर्मचारीहरूलाई एकजुट बनाएर राख्ने प्रयास गरिँदैछ ताकि सङ्गठनको नाममा अन्य भिन्नै किसिमको गतिविधि नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande