रानाघाटः चुर्णी पुलमा भयानक सड़क दुर्घटना, बालक सहित तीन जनाले गुमाए ज्यान
रानाघाटः चुर्णी पुलमा भयानक सड़क दुर्घटना, बालक सहित तीन जनाले गुमाए ज्यान


नदिया, 14 मई (हि.स.)। जिल्लाको रानाघाटमा बुधवार भएको एक सड़क दुर्घटनामा बालक सहित तीन जना मानिसहरूको मृत्यु भयो। घटना चुर्णी पुलमा भएको हो। यस दुर्घटनापछि क्षेत्रमा खैलाबैला मचियो।

पुलिस तथा स्थानीय सूत्रले बताए अनुसार, एक दम्पत्ति आफ्नो सन्तान सहित मोटरसाइकलमा सवार भएर रानाघाटदेखि कृष्ण नगर तर्फ गइरहेको थियो। यसै क्रममा उनीहरू चुर्णी पुलमा पुगेपछि अचानक मोटरसाइकलको नियन्त्रण बिग्रियो। यसै अवधि पछाड़िबाट आइरहेको 16 चक्के लरी मुनी मोटरसाइकल पस्यो। यस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भयो भने गम्भीर रूपमा घाइते बालकलाई तुरून्तैरानाघाट महकुमा अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई पनि मृत घोषित गरिदिए।

घटनाकोसूचना पाएर रानाघाट थानाकोपुलिसघटनास्थलमा पुग्यो अनि राहत एवं बचाउ कार्य शुरू गऱ्यो। साथै सड़कमा यातायातलाई सामान्य बनाउने व्यवस्था गरियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande