जुबिन हत्याकाण्डः गौहाटी उच्च न्यायालयमा श्यामकानु महन्तको जमानत याचिकामाथि सुनवाई हुने
जुबिन हत्याकाण्डः गौहाटी उच्च न्यायालयमा श्यामकानु महन्तको जमानत याचिकामाथि सुनवाई हुने


गुवाहाटी, 13 मई, (हि.स.)। जुबिन गर्ग हत्याकाण्डका मुख्य आरोपी श्यामकानु महन्तको जमानत याचिकामाथि आज गौहाटी उच्च न्यायालयमा सुनवाई भइरहेको छ।

फास्ट ट्र्याक अदालतद्वारा कैयौं पटक जमानत आवेदनलाई खारेज गरिएपछि श्यामकानु महन्तले उच्च न्यायालयको ढोका ढक्ढकाएका छन्। यस मामिलाको सन्दर्भमा कानूनी जगतमा पनि चर्चा चुलिएको छ। सूत्रानुसार आजको सुनवाईमा दुवै पक्षले आ-आफ्नो तर्क अदालत समक्ष राख्नेछन्।

उल्लेखनीय छ, बितेको अप्रेल महिनामा चार्जशीटमाथि दुवै पक्षको तर्क सुनेपछि न्यायालयले श्यामकानु महन्तको जमानत याचिकामाथि फसेला सुरक्षित राख्दै 30 अप्रेलको दिन जमानत याचिकालाई खारेज गरिदिएको थियो। अर्का आरोपी सिद्धार्थ शर्माको जमानत याचिकालाई पनि फास्ट ट्र्याक कोर्टद्वारा खारेज गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande