
कोलकाता, 13 मई (हि.स.)। पश्चिम बङ्गालका पहिलो भाजपा मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार विधानसभा भवनमा प्रवेश गर्नअघि त्यहाँका सिंढ़ीहरूमा नतमस्तक भएर लोकतन्त्रको मन्दिरलाई नमन गरे। उनको यस कदमको तुलना प्रधानमन्त्री नरेन्द्र मोदीको वर्ष 2014- मा संसद भवनको सिँडीमा ढोकेको तस्वीरसित गरियो।
मुख्यमन्त्री शुभेन्दु अधिकारी बुधवार बिहान 11 बजेअघि विधानसभाको 18औं कार्यकालको पहिलो सत्र एवं नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोहमा सामेल हुन विधानसभामा पुगेका थिए। विधानसभामा उनलाई औपचारिक गार्ड अफ अनर दिइयो। यसअघि गत सोमवार नवान्नमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा पनि उनलाई यसरी नै राजकीय सम्मान दिइएको थियो।
गार्ड अफ अनरपूर्व मुख्यमन्त्रीले आफ्नो लस्करबाट उत्रेर डा.भीमराव अम्बेडकरको प्रतिमामा पुष्पाञ्जली अर्पण गरे। त्यसपछि उनले मुख्यमन्त्रीको लागि निर्धारित कक्षमा पुगेर पूजा-अर्चना गरे। विधानसभाको कारबाही शुरू हुनअघि उनले धार्मिक अनुष्ठान पनि आयोजन गरे।
बुधवार पश्चिम बङ्गाल विधानसभाको 18औं कार्यकालको पहला सत्र शुरू भयो जसमा भर्खरै सम्पन्न भएको चुनाउमा निर्वाचित विधायकहरू पहिलो पटक सदनमा पुगे। कड़ा सुरक्षा व्यवस्था तथा औपचारिक प्रक्रियाहरूबीच शपथ ग्रहण कार्यक्रम शुरू भयो जुन आगामी दुई दिनसम्म चल्नेछ।
,
बिहान 11 बजेर 2 मिनटमा मुख्यमन्त्री अधिकारी प्रोटेम स्पीकर तापस राय र मन्त्री दिलीप घोषको साथमा विधानसभा कक्षमा पुगे। त्यसको 2 मिनटपछि 11 बजेर 4 मिनटमा उनले विधायकको रूपमा शपथ लिए।
मुख्यमन्त्रीपछि मन्त्रीमण्डलका अन्य सदस्यहरूले पनि शपथ ग्रहण गरे यसमा अशोक कीर्तनिया, खुदीराम टुडू, निशीथ प्रमाणिक औ अग्निमित्रा पाल सामेल छन्।
विधानसभाको पहिलो दिन थप अर्को राजनीतिक रूपमा महत्वपूर्ण दृश्य देख्न पाइयो जतिबेला तृणमूल कङ्ग्रेसका केही विधायकहरू मुख्यमन्त्री शुभेन्दु अधिकारीको कक्षमा उनीसित भेट गर्न पुगे। यसलाई राजनीतिक शिष्टाचार तथा परिवर्तनशील राजनीतिक माहोलको सङ्केतको रूपमा हेरिँदैछ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा