
कोलकाता, 13 मई (हि.स.)। कोलकाताको तिलजला क्षेत्रमा भएको भयानक अग्निकाण्डपछि राहत अनि बचाउ कार्य जारी छ। यस घटनामा घाइते मानिसहरूको उपचार शहरको नेशनल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको छ जहाँ डाक्टरहरूको टीमले 24 घण्टै उनीहरूको स्थितिमाथि निगारनी राखिरहेको छ।
ताजा अपडेट अनुसार केही घाइतेहरूको अवस्था अहिले पनि गम्भीरै छ जबकि अन्य रोगीहरूमा बिस्तारै सुधार देखिँदैछ। अस्पताल प्रशासनले उपचारको निगरानी एवं संसाधनहरूलाई अझ मजबुत बनाएको छ ताकि कुनै पनि प्रकारको आपत स्थितिको सामना गर्न सकियोस्।
घटनापछि स्थितिको जायजा लिन मन्त्री अग्निमित्रा पाल सहित प्रशासनिक प्रतिनिधिहरू अस्पताल पुगेका थिए। उनीहरूले डाक्टरहरूसित बातचित गरी उपचारमा कुनै पनि प्रकारको अभाव हुन नदिन निर्देश दिएका छन् साथै पीड़ित परिवारहरूलाई हरसम्भव सहयोग दिने भरोसा दिलाए।
प्रशासनद्वारा गठित उच्चस्तरीय जाँच समितिले आफ्नो जाँचलाई तीव्रता दिएको छ। प्रारम्भिक जाँचमा शर्ट सर्किट नै सम्भावित आगलागीको कारण मानिए पनि फोरेन्सिक जाँच र तकनिकी रिपोर्टको प्रतीक्षा गरिँदैछ जसपश्चात नै अन्तिम कारण स्पष्ट हुनेछ।
यता घटनापछि सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। अग्निशमन विभाग र स्थानीय प्रशासनलाई अलर्ट मोडमा राखिएको छ साथै यस्ता संवेदनशील क्षेत्रहरूमा अतिरिक्त निगरानी राख्ने निर्देश पनि दिइएको छ।
राज्य सरकारले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च बेहोर्ने कुरालाई दोहोऱ्याएको छ। प्रभावित परिवारलाई राहत पुऱ्याउनको लागि आवश्यक कदम उठाइँदैछ। प्रशासनको भनाइ छ, जाँच रिपोर्ट आएपछि अग्रिम कारबाही तय गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा