
तिरुपुर, 13 मई (हि.स.)। तिरुपुर जिल्लाको वेल्लाकोविल-करूर राष्ट्रिय राजमार्गस्थित पुलिस जाँच चौकी नजिक आज बिहान भएको सडक दुर्घटनामा ड्युटीमा खटिएका एक पुलिससहित छ जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार, सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको ट्रक हटाउने क्रममा पुलिस जवान रविचन्द्रन खटिएका थिए। त्यसै समयमा तीव्र गतिमा आएको एउटा कार अचानक नियन्त्रण गुमाएर ट्रकमा ठोक्किएको थियो। उक्त दुर्घटनामा पुलिस जवान रविचन्द्रन, ट्रक चालक तथा कारमा सवार चार जनासहित कुल छ जनाको मृत्यु भएको हो।
घटनाको जानकारी पाएलगत्तै पुलिस टोली घटनास्थल पुगेको थियो। सबै शव सरकारी अस्पताल पठाइएको छ। हालसम्म मृतकहरूको पहिचान हुन सकेको छैन। वेल्लाकोविल पुलिसले मुद्दा दर्ता गरी जाँच शुरु गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी