तिलजला अग्निकाण्डमा छाला कारखानाको मालिक पक्राउ, दुई जनाको मृत्यु भएको थियो
तिलजला अग्निकाण्डमा छाला कारखानाको मालिक पक्राउ, दुई जनाको मृत्यु भएको थियो


कोलकाता, 13 मई (हि.स.)। तिलजलाको तोपसिया क्षेत्रमा बहुतले भवनमा भएको भयानक आगलागी मामिलामा पुलिसले छाला कारखानाका मालिकलाई पक्राउ गरेको छ।

गए मङ्गलवार अपरान्ह तोपसियाको 50/1 जीजे खान रोडस्थित एक बहुतले भवनको दोस्रो तलामा अवस्थित छाला कारखानामा अचानक आगो लागेको थियो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण भवनलाई आफ्नो चपेटमा लियो। त्यसबेला कारखानाभित्र काम गरिरहेका 5-6 जना मानिसहरू फसेका थिए। स्थानीय मानिसहरूले आगलागीको सूचना दमकल विभागलाई दिए।

सूत्र मुताविक बितेको मङ्गलवार अपरान्ह लगभग पौने दुई बजे दमकल विभागलाई घटनाको जानकारी प्राप्त भएको थियो। सूचना पाउनसाथ दमकलका वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाउने अभियान शुरू गरे।

आगोको तीव्रता अत्यधिक भएको कारणले भित्र फसेका मानिसहरू बाहिर निक्लिन सकेनन्। दमकलकर्मीहरूले लामो सङ्घर्षपछि सबैलाई बाहिर निकाले अनि गम्भीर रूपमा जलेको अवस्थामा सबैलाई कलकत्ता नेशनल मेडिकल कलेजमा पठाइदियो। अस्पतालका डाक्टरहरूले दुई जनालाई मृत घोषित गरिदिए भने गम्भीररूपमाजलेका अन्यतीनजनाको उपचार भइरहेको छ।

घटनाको सूचना पाएर मङ्गलवार साँझ राज्यकी नगर विकास मन्त्री अग्निमित्रा पाल घटनास्थलमा पुगिन् भने पछि उनले अस्पतालमा पुगेर घाइतेहरूको अवस्था बारे जानकारी लिइन्। उनले दाबी गरिन्, आगो लागेको भवन अवैध रूपमा निर्माण गरिएको थियो र उसित दमकल विभागको अनुमति पनि थिएन।

मन्त्रीले आरोप लगाए, पूर्ववर्ती सरकारमा घूस लिएर यस किसिमका भवनहरूलाई निर्माण गर्ने अनुमति दिइएको थियो। उनले पूर्व शहरी विकास मन्त्री फिरहाद हाकिममाथि पनि प्रश्न उठाउँदै भनिन्,उनलाई आफ्नो विभागको जानकारी बिनै यस किसिमको व्यापार कसरी भइरहेको थियो।

यता तिलजला अग्निकाण्डको अनुसन्धान गर्नको लागि राज्य सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande