
कोलकाता, 13 मई (हि.स.)। पश्चिम बङ्गाल सरकारले राज्यको परिवहन व्यवस्थालाई लिएर ठूलो फसेला गरेको छ। राज्यका नयाँ मुख्य सचिव मनोज कुमार अग्रवालको कार्यालयद्वारा गए मङ्गलवार राती एक निर्देश जारी गरी र्जायभरि नै सञ्चालित सबै अवैध टोल प्लाजा र टोल गेटहरूलाई तत्काल बन्द गर्ने आदेश दिइएको छ। यो निर्देश राज्यका सबै जिल्लाधिकारीहरूलाई पठाइएको छ।
जारी निर्देशमा भनिएको छ, राज्यका विभिन्न जिल्लाहरूमा अवैध टोलगेट, ड्रपगेट, ब्यारिकेड वा अवैध असुली केन्द्र सञ्चालन हुँदै आएको छ जसलाई चाँड़ै हटाउनुपर्छ। साथै यो पनि सुनिश्चित गर्न भनिएको छ, भविष्यमा फेरि यस्तो अवैध टोलगेट वा असुली केन्द्र स्थापना नगरियोस्।
राज्य सरकारले जिल्लाधिकारीहरूलाई यो पनि सुनिश्चित गर्ने निर्देश दिएका छन्, कुनै पनि अवैध टोलगेटबाट यात्रीहरू वा वाहन चालकहरूबाट कुनै पनि प्रकारको धनराशि असुली नगरियोस्।
यस अतिरिक्त सरकारले राज्यमा सञ्चालित सबै वैध टोल प्लाजाहरूको जानकारी पनि मागेको छ। निर्देशमा भनिएको छ, जिल्लाधिकारीले यो जानकारी उपलब्ध गराउन् कि राज्यमा मोठ कति वटा वैध टोलगेटहरू छन्, त्यसको सञ्चालन कसले गरिरहेको छ वा सम्बन्धित टेण्डर कसको समयमा दिइएको हो।
सरकारले अधिकृत असुली केन्द्रहरूको सङ्ख्याको ब्यौरा पनि मागेको छ। मुख्य सचिवको कार्यालयले सबै जिल्लाधिकारीहरूलाई आगामी 15 मई, शुक्रवार अपरान्ह 12 बजेसम्म विस्तृत रिपोर्ट जमा गर्ने निर्देश दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा