
कोलकाता, 13 मई (हि.स.)। बुधवार बिहान सियालदह-बनगाउँ रेलखण्डमा ट्रेन सेवाहरू अचानक बाधित भएको कारणले यात्रीहरूलाई विविध समस्याको सामना गर्नु पऱ्यो। कार्यालय जाने व्यस्त समयमा दमदम स्टेशन पुग्नअघि केही सियालदहगामी लोकल ट्रेनहरू एकपछि अर्को रोकिए जसले गर्दा रेल यात्रीहरूमा कोकोहोलो मचियो।
जानकारी अनुसार बारासात लोकल जसलाई बिहान 8:50 बजे दमदम स्टेशनमा पुग्नुथ्यो, बाटोमा लगभग 40 मिनटसम्म रोकियो। डाउन लाइनमा लगातार केही ट्रेनहरूको आवागमन प्रभावित भयो भने बनगाउँ-सियालदह मातृभूमि लोकललाई पनि दमदम क्यान्टोनमेन्ट स्टेशन आउन अगाड़ि नै रोकियो।
लगभग 40 मिनटको विलम्बपछि ट्रेनहरू दमदम स्टेशनमा पुगे। यस अवधि प्लेटफर्ममा व्यापक भीड़ जमा भयो। यात्रीहरूबीच ठेलम-ठेलको स्थिति उत्पन्न भयो। केही यात्रीहरूलाई ट्रेनबाट उत्रेर रेल लाइनको किनार-किनार पैदल हिँड़दै गरेको देखियो।
केही यात्रीहरूले आरोप लगाए, रेलवेद्वारा ढिल्याईको कारण स्पष्ट पारिएको छैन। तथापि अन्य यात्रीहरूको भनाइ थियो, स्टेशनमा घोषणा गरिएको थियो, पोइन्टमा तकनिकी खराबीको कारणले यो समस्या उत्पन्न भएको हो।
रेलवेको पक्षबाट हाल घटनालाई लिएर कुनै विस्तृत आधिकारिक बयान जारी गरिएको छैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा