केन्द्रबाट प्रदान गरिने सबै सहुलियतहरू चाँडै जनतासम्म पुर्याइने भाजपाको वाचा
bjp conference


खरसाङ, 13 मई (हि.स.)। भारतीय जनता पार्टी खरसाङका नेतृत्वहरूले हाल पहाडका तीनैजना विधायकहरू कोलकातामा रहेकाले जनता समक्ष पुग्न नसकेको जनाउँदै चाँडै विधायकहरू आएपछि पार्टीका कार्यक्रमहरू गरिने जनाएका छन्। साथै, केन्द्रबाट प्रदान गरिने सबै सहुलियतहरू चाँडै जनतासम्म पुर्याइने उनीहरूले वाचा गरेका छन्।

भाजपा नेतृत्वहरूले आज खरसाङमा आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री अयुष्मान भारत योजना, अन्नपूर्ण भण्डार आदिका कल्याण योजनाहरूको बारेमा जानकारी दिए। उनीहरूले सांसद राजु विष्टको पहलमा नगरपालिका चुनाउ पनि चाँडै हुने बताए भने यतिका वर्षसम्म टीएमसी सरकारले नगरपालिका चुनाउ नगराएर जनतालाई आफ्नो हक र अधिकारबाट वञ्चित गराएको आरोप लगाए। उनीहरूले सांसद विष्टकै नेतृत्वमा नगरपालिकामा भाजपाको बोर्ड गठन भएपछि प्रत्येक घोटाला खोजेर जनता समक्ष राख्ने प्रतिबद्धता जनाए। संसद विष्टको दुरदर्शीता र सही निर्णयकै कारण आज पहाड, तराई अनि डुवर्सको पाँचवटा आशनमा भाजपाले जीत हासिल गर्न सकेको दावी गरे।उनीहरूले सरकारद्वारा प्रदान गरिने सम्पूर्ण सहुलियत कसैलाई नछुटाई बराबरी दिने जनाए। यस प्रेस भेलालाई राजेश गजमेर अनि पूर्व मण्डल सभापति निशान्त सुनारले सम्बोधन गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande