सोनाम लामाले विधानसभामा विधायक पदको शपथ ग्रहण गरे
सोनाम लामा


- मेरो लागि राजनीति भनेको जनताको सेवा गर्ने एउटा पवित्र दायित्व हो: सोनाम लामा

खरसाङ, 13 मई (हि.स.)।‌ पश्चिम बंगाल विधानसभामा बुधवार खरसाङका नवनिर्वाचित विधायक सोनाम लामाले शपथ ग्रहण गरेका छन्। उनले नेपाली भाषामा शपथ ग्रहण गरे। उनीसँगै पाँचजना गोर्खा विधायकहरुले पनि नेपाली भाषामै शपथ ग्रहण गरेका छन्।

बंगाल विधानसभामा नवनिर्वाचित विधायकको रुपमा शपथ ग्रहण गरेपछि विधायक सोनाम लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, खरसाङको विधायकको रूपमा शपथ ग्रहण गर्नु मेरो जीवनको अत्यन्तै महत्वपूर्ण र गौरवमय क्षण हो। मलाई विश्वास गरेर मत दिनुहुने खरसाङका सम्पूर्ण जनताप्रति म हृदयदेखि आभारी छु। तपाईंहरूले ममाथि राख्नुभएको विश्वासलाई म कहिल्यै टुट्न दिनेछैन। म आफ्नो सम्पूर्ण मेहनत, इमानदारी र समर्पणका साथ खरसाङको विकास र जनसेवामा सधैं अघि बढिरहनेछु।'

विधायक सोनाम लामाले अघि भने, मेरो लागि राजनीति भनेको धन कमाउने माध्यम होइन, जनताको सेवा गर्ने एउटा पवित्र दायित्व हो। हाम्रो सर्वोपरि नेता प्रधानमन्त्री नरेन्द्र मोदीजीले सिकाउनुभएको “जन सेवा नै पहिलो प्राथमिकता हो” भन्ने विचारलाई आत्मसात गर्दै म निरन्तर जनताको सेवामा समर्पित रहनेछु।'

उनले यस शपथ ग्रहण समारोहको यस विशेष अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा सांसद राजु विष्टप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्, जसले उमाथि विश्वास गरेर सदैव मार्गदर्शन गरे। उनले सम्पूर्ण कार्यकर्ता, समर्थक तथा खरसाङवासी दाजुभाई तथा दिदीबहिनीहरूलाई हृदयदेखि धन्यवाद दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande