अब गोर्खाहरूले पनि न्याय पाउने कुरामा विश्वास्त छौं: अरुण घतानी
राज्यमा नव गठित सरकारलाई क्रामाकपाको तर्फबाट शुभकामना


दार्जिलिङ 13 मई (हि.स.)। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) को सभा आज दार्जिलिङस्थित केन्द्रिय पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा क्रामाकपाको केन्द्रिय परामर्श समितिका चेयरम्यान आरबी राई विशेष रूपमा उपस्थित थिए।

सभापछि पत्रकार सम्मेलन आयोजना गरेर सीपीआरएमले राज्यमा नवगठित सरकारलाई क्रामाकपाको तर्फबाट शुभकामना दिएको छ। क्रामाकपाको केन्द्रिय प्रवक्ता अरुण घतानीले भने, १५ वर्षसम्म तृणमूल कांग्रेसको क्रूर शासन, गोर्खाहरुमाथि हिंसा अनि अत्याचारको यसपाली गोर्खाहरूले उत्तर ब्यालेट बक्समार्फत दिए। अब क्रूर शासनको अन्त्य भएको जनाउँदै उनले आफ्नो जीवन तिलाञ्जली दिनेहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

यसका साथै, उनले तृणमूल सरकारको विरोधमा खडा भएर राज्यको जनतालाई क्रूर शासनबाट उन्मुक्त गर्ने मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पनि धन्यबाद एवं आगामी कार्यकालको लागि शुभकामना दिए। घतानीले अब गोर्खाहरूले पनि न्याय पाउने कुरामा सीपीआरएम विश्वस्त रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande