केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले सिद्धेश्वर धामको भ्रमण गरिन्
एमओएस सावित्री ठाकुर


नाम्ची, 13 मई (हि.स.)। नाम्ची जिल्लाको औपचारिक भ्रमणको अन्तिम दिन भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले आज सिद्धेश्वर धामको भ्रमण गरिन्। उनको आगमनमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ, अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङ, अतिरिक्त पुलिस अधीक्षक बिकाश तिवारी, सिद्धेश्वर धामका प्रशासक एनएम शर्मा तथा अन्य पदाधिकारीहरूले हार्दिक स्वागत गरेका थिए।

भ्रमणका क्रममा राज्यमन्त्री सावित्री ठाकुरले भगवान शिवको आशीर्वादको कामना गर्दै पवित्र धाममा पूजा-अर्चना गरिन् साथै उनले मन्दिर परिसरको अवलोकन पनि गरिन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande