असमका नवनियुक्त मन्त्रीहरूको विभाग बाँड़फाँड़लाई स्वीकृति दिइयो
असमका नवनियुक्त मन्त्रीहरूको विभाग बाँड़फाँड़लाई स्वीकृति दिइयो


गुवाहाटी, 14 मई (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा पठाइएको प्रस्तावलाई मञ्जुरी दिँदै राज्य मन्त्रीपरिषदका नवनियुक्त सदस्यहरूबीच विभाग बाँड़फाँड़लाई स्वीकृति प्रदान गरेका छन्।

राजभवनबाट बिहीवार जारी आधिकारिक पत्र अनुसार मुख्यमन्त्रीद्वारा गत 14 मई, 2026-मा पठाइएको पत्रको आधारमा चार जना मन्त्रीहरूलाई विभाग आवन्टन गरिएको छ।

स्वीकृत प्रस्ताव अनुसार रामेश्वर तेलीलाई ट्रान्सफर्मेशन एण्ड डेभलपमेन्ट, श्रम कल्याण तथा चिया जनजाति एवं आदिवासी कल्याण विभागको जिम्मेवारी सुम्पिइएको छ। अतुल बोरालाई पञ्चायत एवं ग्रामीण विकास, असम सम्झौता कार्यान्वयन, सीमा संरक्षण एवं विकास तथा आबकारी विभाग आवनटित गरिएको छ। यसरी नै चरण बोरोलाई परिवहन एवं बोडोल्याण्ड कल्याण विभागको दायित्व सुम्पिइएको छ भने अजन्ता नेओगलाई महिला एवं बाल विकास तथा पर्यटन विभाग सुम्पिइएको छ।

राज्यपालले मुख्यमन्त्रीलाई सम्बोधन गरेको पत्रमा प्रस्तावित विभागीय आवन्टनलाई स्वीकृति प्रदान गर्दै यसलाई औपचारिक रूपमा स्वीकृति दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande