
- नगाउँ लोकसभा चुनाउलाई केन्द्र गर्दै कङ्ग्रेसले यूसीसीको विरोध गरिरहेको छ: भूपेन बोरा
गुवाहाटी, 14 मई (हि.स.)। असम प्रदेश कङ्ग्रेसका पूर्व अध्यक्ष तथा नवनिर्वाचित भाजपा विधायक भूपेन बोराले बिहीवार कङ्ग्रेस तथा उसका राष्ट्रिय प्रवक्ता पवन खेड़ामाथि चर्को प्रहार गर्दै भने, पवन खेड़ा कङ्ग्रेसको लागि एक “आत्मघाती बम” हुन् र अब त्यस “बम”- को परीक्षण भइरहेको छ।
सञ्चारकर्मीहरूसित बातचित गर्दै भूपेन बोराले आरोप लगाए, कङ्ग्रेसले नगाउँ लोकसभा चुनाउलाई ध्यानमा राखेर समान नागरिक संहिता (यूसीसी)- को विरोध गरिरहेको छ। उनले भने, कङ्ग्रेसले राजनीतिक लाभको लागि यस मुद्दालाई हावा दिने प्रयास गरिरहेको छ।
भाजपा विधायकले भने, राज्य सरकारले आगामी 26 मईको दिन विधानसभामा यूसीसी पेश गर्नेछ। प्रस्तावित कानूनमा विवाहको आयु, बहुविवाह तथा छोरीहरूलाई सम्पत्तिको अधिकार सहित केही महत्वपूर्ण प्रावधानहरूलाई सामेल गरिनेछ।
भूपेन बोराले कङ्ग्रेस सांसद गौरव गोगोई र राइजर दलका प्रमुख अखिल गोगोईको आलोचना पनि गरे। उनले आरोप लगाए, दुवै नेताले सरकारद्वारा बहुविवाहको विरोधमा उठाइएको कदमको विरोध गरिरहेका छन् र यस मुद्दामा उनीहरूको भूमिका खिलञ्जिया (स्थानीय) विरोधी रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा