
पश्चिम मेदिनीपुर, 14 मई (हि.स.)। बेलदामा लघु व्यापारीहरूको सङ्गठनको कार्यालयमा झुण्डाइएको तालालाई भाजपा कार्यकर्ताहरूले विधायको निर्देशमा खोलिदिए।
जानकारी अनुसार राज्यमा मतगणना भएको दिन केही उत्साही भाजपा समर्थकहरूले बेलदा क्षुद्र व्यवसायी सङ्गठनको कार्यालयमा ताला लगाएर त्यसलाई बन्द गरिदिएका थिए। यस घटनाको जानकारी नवनिर्वाचित भाजपा विधायक रामप्रसाद गिरीले पाएपछि तुरून्तै कार्यालय खोल्ने निर्देश दिए।
गए बुधवार अबेर साँझ विधायकको निर्देशमा भाजपाका प्रतिनिधिहरूले त्यहाँ पुगेर कार्यालयको ताला खोलिदिए। भाजपा नेतृत्वको पक्षबाट व्यापारीहरूलाई आश्वस्त पारियो, उनीहरूले भय रहित भएर आफ्नो व्यापारलाई जारी राखुन्।
पार्टीको पक्षबाट यो पनि भनियो, अत्यधिक उत्साहमा पार्टीका केही कार्यकर्ताहरू वा अन्य मानिसहरूले यो काम गरेका थिए। घटनाको जानकारी पाउनसाथ विधायकले व्यापारीहरूको हितमा तुरून्त कारबाही गरे।
व्यापारी सङ्गठनका सदस्यहरूले बताए, केही अज्ञात मानिसहरूले उनको कार्यालयमा ताला लगाइदिएका थिए। भाजपा नेताहरूद्वारा ताला खोलाइएपछि उनीहरूले राहत महसूस गरेका छन्। साथै भाजपाको पक्षबाट भविष्यमा व्यापारीहरूलाई हरेक प्रकारको सहयोग दिने आश्वासन पनि दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा