
खड़गपुर, 13 मई (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको बेलदा क्षेत्रमा भएको 60 हजार रूपियाँ नगदी र सुनका गहना लुटपाटको घटनामा पुलिसले एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्रा परेको अभियुक्तलाई बिहिवार दिउँसो दाँतन अदालतमा पेश गरियो।
जानकारी अनुसार, नारायणगढ़ ब्लकको बखराबाद ग्राम पञ्चायतको जंगुरिया क्षेत्रका निवासी सुभल चन्द्र माइती बुधवार बेलदाको सहकारी बैंकबाट लगभग 60 हजार रूपियाँ ऋण लिएर घर फर्किरहेका थिए।
घर फर्कने क्रममा मोटरसाइकलमा आएका तीन अज्ञात अपराधीले उनलाई रोकेर 60 हजार रूपियाँ नगदी र सुनका गहना लुटेको आरोप छ।
घटनापछि पीड़ितले बेलदा थानामा लिखित उजुरी दर्ता गराए। उजुरीको आधारमा पुलिसले अनुसन्धान शुरु गरेको छ र 24 घण्टाभित्र खड़गपुर क्षेत्रमा एक अभियुक्तलाई पक्राउ गरेको छ।
पुलिस अनुसार, पक्रा परेको अभियुक्त विरुद्ध डकैतीको मुद्दा दर्ता गरिएको छ। अन्य संदिग्धहरूको खोजी जारी छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी