छगको जाँजगीरमा एउटै परिवारका चार जना सदस्यहरूको हत्या, रगतपच्छे शवहरू पलङ्गमै लड़िरहेका थिए
छगको जाँजगीरमा एउटै परिवारका चार जना सदस्यहरूको हत्या, रगतपच्छे शवहरू पलङ्गमै लड़िरहेका थिए


जाँजगीर-चाम्पा 14 मई (हि.स.)। छत्तीसगढ़को जाँजगीर-चाम्पा जिल्ला अन्तर्गत भवँतरा गाउँमा हृदय विदारक घटना भएको प्रकाशमा आएको छ। यस गाउँमा एउटै परिवारका चार जना सदस्यहरूको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको छ। मृतकहरूमा दुई जना पुरुष र दुई जना महिलाहरू सामेल छन्। घटनापछि सम्पूर्ण क्षेत्रमा खैलाबैला मचियो।

पुलिसबाट प्राप्त जानकारी अनुसार परिवारका सदस्यहरू निर्माणाधिन घरको पलङ्गमा सुतिरहेका थिए। गए बुधवार अबेर राती अज्ञात हमलाकारीले तिनीहरूमाथि धारिलो हतियारले हमला गरे। बिहीवार बिहान निर्माण कार्यको लागि घरमा पुगेका मिस्त्रीहरूले चारै जनाको लाश रगतपच्छे अवस्थामा देखे।

मृतकहरूको पहिचान मेदनी प्रसाद कश्यप (70 वर्ष), उनकी पत्नी कान्ती बाई (65 वर्ष), नातिनी मोगरा (25 वर्ष ) औ नाती पीताम्बर (17 वर्ष)-को रूपमा भएको छ। भनिन्छ, चारैजना निर्माणाधिन घरमा बस्दै आएका थिए।

घटनाको सूचना पाए लगत्तै पुलिस र वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगे। फोरेन्सिक टीमले घटनास्थलबाट प्रमाण जुटाउन शुरू गरेको छ। पुलिसले एकजना संदिग्ध छिमेकीलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।

पुलिस अनुसार हत्याको पछाड़ि पुरानो शत्रुता, पारिवारिक विवाद वा अन्य कारणहरूको जाँच गरिँदैछ। गाउँको माहेलो सन्त्राषपूर्ण अनि आक्रोशपूर्ण भएको छ। पुलिसले लगातार निगरानी राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande