
गुवाहाटी, 14 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज कामाख्या धाममा पुगेर माँ कामाख्याको दर्शन एवं पूजा-अर्चना गरे।
गुवाहाटीको नीलाचल पहाड़मा अवस्थित मन्दिरमा मुख्यमन्त्रीले राज्यको सुख-समृद्धि एवं शान्तिको लागि प्रार्थना गरे। मन्दिर परिसरमा श्रद्धालु अनि मन्दिर प्रबन्धनको पक्षबाट मुख्यमन्त्रीलाई स्वागत गरियो।
उल्लेखनीय छ, कामाख्या मन्दिर देशका प्रमुख शक्तिपीठहरूमध्ये एक हो जहाँ प्रतिवर्ष देशभरिबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्।
मुख्यमन्त्री पद ग्रहण गरेपछि सरमा पहिलो पटक कामाख्या धाममा पुगेका हुन्। यस अवसरमा कामाख्या धाम प्रबन्धनको पक्षबाट मुख्यमन्त्रीलाई पारम्परिक रूपमा स्वागत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा