उच्च माध्यमिकमा कुचबिहारका चन्द्रचूड़ सेन राज्यमा चौथो स्थान हासिल गर्न सफल
उच्च माध्यमिकमा कुचबिहारका चन्द्रचूड़ सेन राज्यमा चौथो स्थान हासिल गर्न सफल


कुचबिहार, 14 मई (हि. स.)। आफ्नो प्रतिभालाई पुनः एकपटक साबित गर्दै कुचबिहारको रामभोला हाई स्कूलका छात्र चन्द्रचूड़ सेनले उच्च माध्यमिक परीक्षामा राज्यमै चौथो स्थान हासिल गरेका छन्।उनले 493 अङ्क प्राप्त गरी ठूलो सफलता हासिल गरेका छन्।

पछिल्लो वर्ष 2024-मा पनि चन्द्रचूड़ले माध्यमिक परीक्षामा सम्पूर्ण राज्यमै प्रथम स्थान हासिल गरेका थिए।

तथापि आफूले ठूलो उपलब्धि हात पारे पनि चन्द्रचूड़ले राष्ट्रिय पात्रता वा प्रवेश परीक्षा (नीट) परीक्षामा भएको कथित पेपर लीक तथा अनियमिततालाई लिएर असन्तुष्टि व्यक्त गरे। उनले बताए, उच्च माध्यमिकको तयारीसँगसँगै तिनले नीट परीक्षाको लागि पनि धेरै परिश्रम गरेका थिए। तिनले गत 3 मईमा नीटको परीक्षा दिएका थिए, तर देशभरि नै भएको विवादको कारणले परीक्षा रद्द भएपछि तिनी धेरै निराश र क्षुब्ध भएका छन्।

चन्द्रचूड़ले निरन्तर प्राप्त गरेको यस सफलताले परिवारमा पनि खुशी छाएकोछ। तिनका पिता शान्तनु सेन अनि माता मौसमी सेनले छोराको उपलब्धिमाथि अत्यन्त गर्व महसूस गरिरहेका छन्। रिजल्ट आएपछि घरमा मिठाई खुवाएर उत्साह मनाइयो। अर्कोतिर सम्पूर्ण जिल्लाबाट एकजना मात्र छात्रले मेधा तालिकामा स्थान बनाउन सफल भएकोमा रामभोला हाई स्कूलका शिक्षकहरू पनि अत्यन्त गौरवान्वित भएका छन्।

स्कूलका प्रधानाध्यापक तपन कुमार दास सहित अन्य शिक्षकहरू तिनको घरमा पुगेर मिठाई खुवाई चन्द्रचूड़लाई सम्मानित गरे।तिनको यस सफलताबाट सम्पूर्ण कुचबिहारमा उत्सवको माहोल छाएको छ।साथै तिनको उपलब्धि अन्य विद्यार्थीहरूको लागि पनि प्रेरणाश्रोत भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande