आज जारी भयो पश्चिम बङ्गाल उच्च माध्यमिक परीक्षाको फलाफल, 11 बजीदेखि विद्यार्थीहरूले अनलाइन हेर्न सक्नेछन्
आज जारी भयो पश्चिम बङ्गाल उच्च माध्यमिक परीक्षाको फलाफल, 11 बजीदेखि विद्यार्थीहरूले अनलाइन हेर्न सक्नेछन्


कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गालमा यस वर्षको उच्च माध्यमिक परीक्षाको परिणाम बिहीवार घोषणा गरियो। परीक्षा परिणामको घोषणा उच्च माध्यमिक शिक्षा संसदका अध्यक्ष पार्थ कर्मकारले बिहान 10:30 बजे गरे। त्यसपछि बिहान 11 बजेदेखि परीक्षार्थीहरूले विभिन्न वेबसाइटको माध्यमबाट आफ्नो परिणाम हेर्न सक्नेछन्।

छात्र-छात्राहरूले रोल नम्बर र रजिस्ट्रेशन नम्बर दर्ता गरी परिणाम प्राप्त गर्न सक्नेछन्। परिणाम यी वेबसाइटहरूमा क्रमैले result.wb.gov.in, IndiaResults, Shiksha Results औ MarksBee Results- मा हेर्न सकिनेछ। मार्कशीट र प्रमाणपत्र सम्बन्धित स्कूलहरूबाट वितरण गरिनेछ।

उच्च माध्यमिक शिक्षा संसदद्वारा राज्यभरका 56 वटा वितरण केन्द्रहरूको माध्यमबाट स्कूलहरूका प्रधानाचार्य अथवा उनीहरूका प्रतिनिधिहरूलाई परिणाम र प्रमाणपत्र सुम्पिइनेछ।

उच्च शिक्षा विभागको सूत्र अनुसार केन्द्रिय माध्यमिक शिक्षा बोर्डद्वारा गए बुधवार कक्षा बाह्रौंको परिणाम घोषित गरिएपछि अब राज्य सरकार आगामी 20 मईदेखि स्नातक प्रवेश प्रक्रिया शुरू गर्ने तयारी गरिरहेको छ। यसको लागि एकीकृत पोर्टलको माध्यमबाट दर्ता प्रक्रिया सञ्चालन गरिनेछ। तथापि राज्यका शिक्षामन्त्रीले हाल शपथ ग्रहण गरेका छैनन्, त्यसैले पोर्टल शुरू गर्नका लागि मुख्यमन्त्री शुभेन्दु अधिकारीको स्वीकृति लिइनेछ।

यस वर्ष उच्च माध्यमिक परीक्षा तीन अलग-अलग प्रारूपहरूमा आयोजना गरिएको थियो। नयाँ व्यवस्था अन्तर्गत चौथो सेमेस्टरको परीक्षासितै तेस्रो सेमेस्टरको सप्लीमेन्ट परीक्षा तथा पुरानो वार्षिक प्रणाली अन्तर्गत पनि परीक्षा आयोजना गरियो।

यस वर्ष मोठ 7 लाख 10 हजार 811 परीक्षार्थीहरूले उच्च माध्यमिक परीक्षाको लागि पञ्जीकरण गराएका थिए भने यीमध्ये चोथो सेमेस्टरमा 6 लाख 35 हजार 864 विद्यार्थी सामेल थिए। दोस्रो सेमेस्टरको सप्लीमेन्टरी परीक्षामा 59 हजार 452 परीक्षार्थीहरू सामेल थिए जबकि पुरानी प्रणाली अन्तर्गत 15 हजार 495 विद्यार्थीहरूले परीक्षा दिएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande