
जयपुर, 14 मई (हि.स.)। भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी) ले बिहिवार नगर निगममा गरिएको एक कारबाहीको क्रममा स्वास्थ्य निरीक्षक दिनेश कुमारलाई घुस लिँदै रंगेहात पक्राउ गरेको छ। कारबाहीको क्रममा एक दलाल पनि पक्रा परेको छ। रिपोर्ट अनुसार, एसीबीको टोलीले पाँच हजार रुपियाँ घुस लिँदै गर्दा दुवै अभियुक्तलाई पक्राउ गरेको छ। यो कारबाहीले नगर निगम कार्यालयमा खैलाबैला मच्चाएको छ।
एसीबीको टोलीले हाल दुवै अभियुक्तसित सोधपुछ गरिरहेको छ र मुद्दासँग सम्बन्धित अन्य तथ्यहरूको अनुसन्धान गरिरहेको छ। एसीबीका अधिकारीहरू अनुसार प्रारम्भिक अनुसन्धानमा घुस लिएको पुष्टि भएको छ र थप कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी