
श्रीनगर, 14 मई (हि.स.)। जम्मू-कश्मीरकी स्वास्थ्य एवं शिक्षा मन्त्री सकिना इटुले बिहीवार नीट यूजी पेपर लीक मामिलाको पारदर्शी ढङ्गमा जाँच गर्ने माग गरिन्।मन्त्रीले भनिन्, यस्तो धोकाधड़ीमा सामेल सबै मानिसहरूलाई चाहे तिनीहरूको प्रभाव वा पद जे नै भए पनि कड़ा सजाय दिइनुपर्छ।
पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री इटुले भनिन्, यस कथित धोकाधड़ीले ती विद्यार्थीहरूलाई पूर्ण रूपले प्रभावित पारेको छ जसले देशको सबैभन्दा प्रतिस्पर्धी परीक्षाहरूमध्ये एकमा उतीर्ण हुनका लागि वर्षौंसम्म अथक परिश्रम गरेका थिए।
उनले भनिन्, “यो दुर्भाग्यपूर्ण हो, किनभने नानीहरूले यस परीक्षामा उतीर्ण हुनका लागि अथक परिश्रम गर्दछन्।” यस्तो परीक्षामा कुनै पनि प्रकारको गड़बड़ी योग्य विद्यार्थीहरूको भविष्य र करियरसित खेलवाड़ गर्नु जस्तै हो भनी उनले ठहर गरिन्।
मन्त्री सकिना इटुले भनिन्, “जाँच निष्पक्ष र पारदर्शी ढङ्गमा हुनुपर्छ र दोषीहरूविरूद्घ कठोर सजाय हुनुपर्छ।”
सरकारी वाहनहरूको सङ्ख्या घटाएको तथा प्रशासनद्वारा घोषित सम्बन्धित उपायहरूबारे सोधिएको प्रश्नको उत्तर दिँदै मन्त्रीले भनिन्, यदि कुनै पनि कदमदेशको समस्यालाई घटाउनमा सहायक सिद्ध हुन्छ भने सबैले योगदान दिनुपर्छ। यदि देशमा कुनै प्रकारको समस्या छ र त्यसलाई कम गर्नमा कुनै प्रकारको सहयोग गर्न सक्छौं भने हामीले आफ्नो भूमिका निभाउनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा