
गुवाहाटी, 14 मई (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले समान नागरिक संहिता (यूसीसी) को मुद्दामा कङ्ग्रेस तथा विपक्षी दलहरूमाथि चर्को प्रहार गरेका छन्। उनले आरोप लगाए, विपक्षले भोट ब्याङ्कको राजनीति मात्र गरिरहेको छ।
दिलीप सैकियाले आज पत्रकारहरूसित बातचित गर्दै भने, यूसीसीको विरोध गरेर कङ्ग्रेस सहित विपक्षी दलहरूले भविष्यमा ती मियाँ भोटहरूलाई पनि गुमाउनेछ जुन अहिलेसम्म उनीहरूले पाइरहेका छन्। उनले भने, लगातार राजनीतिक धक्का खाँदै आइरहेको भए पनि विपक्ष जनताको भावनालाई बुझ्न विफल रहिआएको छ।
उनले कटाक्ष गर्दै भने, “नौका डुबेपछि उनीहरू छप्परबाट तल उत्रिरहेका छैनन्।” सैकियाले भने, राजनीतिक अवसानपछि पनि विपक्षले जनताको मनको कुरा बुझ्न सकेको छैन।
उनले आरोप लगाए, कङ्ग्रेस सांसद गौरव गोगोई र रायजर दलका प्रमुख अखिल गोगोईले यूसीसीको विरोध गरेर भोट ब्याङ्कको राजनीति मात्र गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा