श्री श्री रविशङ्करको 70औं जन्मदिवस पालन गरियो
श्री श्री रविशङ्करको 70औं जन्मदिवस पालन गरियो


कोलकाता, 14 मई (हि.स.)। ‘विश्व शान्तिका दूत’- को रूपमा विख्यात श्री श्री रविशङ्करको 70औं जन्मदिवस बुधवार आसनसोलको रवीन्द्र भवनमा श्रद्धा, भक्ति एवं उल्लासको साथमा मनाइयो। कार्यक्रममा ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित थिए।

भाजपा युवा नेता कृष्णा प्रसादले भने, रवीन्द्र भवनमा आयोजित यस कार्यक्रममा सामेल भएर उनलाई अत्यन्त आनन्द अनुभूति भयो। उनले भने, गुरूदेवको सान्निध्यमा ध्यान, सङ्गीत तथा सेवाको माध्यमबाट प्राप्त शान्ति अनि ऊर्जा जीवनको साँचो सार हो। उनले आयोजकहरूको सराहना गर्दै विश्वास व्यक्त गरे, यस प्रकारको आध्यात्मिक आयोजनले समाजमा प्रेम, एकता एवं सकारात्मकताको सन्देश फैलाउँछ।

यस अवसरमा आसनसोल उत्तर विधानसभा क्षेत्रका नवनिर्वाचित विधायक कृष्णेन्दु मुखर्जी, भाजपा युवा नेता कृष्णा प्रसाद, बुम्बा मुखर्जी, आशा शर्मा सहित अनेकौं गणमान्य व्यक्तिहरूले भाग लिए। समारोहमा शान्ति, अध्यात्म र मानव सेवाको सन्देश दिइयो।

गुरुदेव श्री श्री रविशङ्कर आर्ट अफ लिभिङ्गका संस्थापक हुन्। साथै उनी विश्वभरि नै ध्यान, योग एवं शान्ति सम्वादको लागि परिचित छन्। कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णेन्दु मुखर्जीले भने, यस्ता प्रेरणादायक आयोजनहरूबाट समाजलाई सकारात्मक दिशा प्राप्त हुन्छ। भविष्यमा पनि यस किसिमको कार्यक्रममा सहयोग दिरहने वाचा समेत उनले गरे।

कार्यक्रमको समापन भक्ति, सङ्गीत र सामूहिक ध्यानको साथमा भयो जसले उपस्थित मानिसहरूको मनमा शान्ति र उत्साहको सञ्चार गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande