तृणमूल विधायक दिलीप मण्डलको घरमा पुलिसको छापा, केन्द्रिय बल पनि तैनाथ
तृणमूल विधायक दिलीप मण्डलको घरमा पुलिसको छापा, केन्द्रिय बल पनि तैनाथ


दक्षिण 24 परगना, 14 मई (हि.स.)। जिल्लाको विष्णुपुरबाट तृणमूल कङ्ग्रेसका विधायक दिलीप मण्डलको घरमा बिहीवार बिहान पुलिसले छापा माऱ्यो। विष्णुपुर थानाको पुलिस टीम विधायकको पैलानस्थित आवासमा पुग्यो। पुलिस सहित केन्द्रिय बलका जवानहरू पनि घर बाहिर तैनाथ बसे।

हालैमा दिलीप मण्डलको एउटा भीडिय सोशल मीडियामा द्रूत गतिमा भाइरल भएको थियो, तथापि त्सको सत्यताको स्वतन्त्र पुष्टि भएको छैन। आरोप छ, त्यस भीडियोमा विधायकले विपक्षी दलहरूका कार्यकर्ता तथा समर्थकहरूलाई धम्कीपूर्ण शैलीमा सम्बोधन गरेका थिए। यसै मामिलालाई लिएर विधायकविरूद्ध थानामा सिकायत दर्ता गरिएको थियो।

प्राथमिक जानकारी अनुसार उक्त सिकायतको आधारमा बिहीवार बिहान पुलिसले विधायकको घरमा कारबाही गरेको हो। यद्यपि छापामारी हुँदा दिलीप मण्डल घरमा उपस्थित थिएनन्।

पुलिस अधिकारीहरूले सुसज्जित आवासका विभिन्न भागहरूमा लामो समयसम्म खोजी अभियान परिचालन गरे तथा सम्भावित दस्तावेज र अन्य सामग्रीहरूको पनि जाँच गरे। तथापि पुलिसले कुन विशेष तथ्य वा सामग्रीहरू खोजिरहेको थियो, त्यस बारेमा अहिलेसम्म आधिकारिक रूपमा केही स्पष्ट गरिएको छैैन। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande