
पश्चिम मेदिनीपुर, 14 मई (हि.स.)। जिल्लाको दाँतन रेलवे स्टेशन निकट बिहीवार बिहान ट्रेनबाट झरेर एकजना व्यक्तिको मृत्यु भयो। यो समाचार लेखुञ्जेलसम्म मृत व्यक्तिको पहिचान हुन सकेको थिएन।
सूत्र अनुसार स्थानीय मानिसहरूले बिहान स्टेशनको छेउमा एकजना व्यक्तिलाई रगताम्मे लड़िरहेको देखे। उनीहरूले दाँतन स्टेशनमा तैनाथ स्टेशन मास्टरलाई घटनाको जानकारी दिए। सूचना पाएर स्टेशन मास्टर र रेलवे पुलिसका अधिकारीहरू घटनास्थलमा पुगे। त्यसपछि घाइते व्यक्तिलाई दाँतन ग्रामीण अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
रेलवे पुलिसको प्राथमिक अनुमानमा उ ट्रेनबाट झरेको थियो। घटनाको सठीक कारण पत्तो लगाउन रेलवे पुलिसले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा