
मिरजापुर, 14 मई (हि.स.)। उत्तर प्रदेशको जिल्ला मिरजापुरमा गए बुधवार साँझ आएको चक्रवाती तूफानले जिल्लामा व्यापक क्षति पुऱ्याएको छ। 70-80 किलोमीटर प्रतिघण्टाको गतिले चलेको हावा तथा वर्षाको कारणले भएका भिन्न-भिन्न दुर्घटनाहरूमा 17 जना मानिसहरूको मृत्यु भयो। यस हुन्डरीले जनजीवनलाई पूर्ण रूपले प्रभावित पारेको छ भने कतिपय क्षेत्रहरूमा ठूलो नोक्सान पुऱ्याएको समाचार प्राप्त भएको छ।
जिल्लाधिकारी पवन कुमार गङ्गवारले बताए, दैवी आपदाको कारणले जिल्लामा 17 जना मानिसहरूको मृत्यु भयो। यीमध्ये दुई जनाको मृत्यु चट्याङको चपेटमा परेर भएको हो भने दुई जनाको कन्टेनर पल्टेर भएको हो। यस अतिरिक्त तीव्र हुन्डरी अवधि रूख ढलेर, पर्खाल एवं अन्य संरचनाहरू भत्किएर धेरैजना मानिसहरूको मृत्यु भयो।
जिल्लाधिकारी अनुसार यस प्राकृतिक आपदामा परी जनहानि, पशुहानि औ घरहरू क्षतिग्रस्त भएको खण्डमा प्रशासनले सहायता राशि उपलब्ध गराउनेछ। मृतकहरूको परिवारहरूलाई चाँड़ै नै 4-4 लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिनेछ। प्रशासनको पक्षबाट सबै खण्डहरूमा यस आपदला पुऱ्याएका नोक्सानहरूको मूल्याङ्कन गरिँदैछ। सम्बन्धित अधिकारीहरूलाई राहत एवं सहायता कार्यमा तीव्रता दिने निर्देश समेत दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा