
कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गाल एवं सिक्किम क्षेत्रका प्रधान मुख्य आयकर आयुक्त कार्यालयद्वारा बिहीवार कोलकातामा “प्रारम्भ 2026” नामक एक व्यापक जनजागरूकता कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको उद्देश्य गत 01 अप्रेल, 2026-देखि लागू भएको नयाँ आयकर अधिनियम 2025- का प्रावधानहरूको बारेमा मानिसहरूलाई जागरूक बनाउनु थियो।
कार्यक्रममा आयकर विभागका वरिष्ठ अधिकारीगण, व्यापार एवं उद्योग सङ्गठनहरूका प्रतिनिधिगण, चार्टर्ड अकाउन्टेन्ट, कर सल्लाहकारहरू, करदाताहरू तथा मीडिया प्रतिनिधिहरूले भाग लिए।
पश्चिम बङ्गाल एवं सिक्किमकी प्रधान मुख्य आयकर आयुक्त सुरभि वर्मा गर्गले भनिन्, नयाँ आयकर अधिनियम 2025 कर प्रणालीलाई सरल, स्पष्ट औ अनुपालन अनुकूल बनाउने दिशामा महत्वपूर्ण कदम हो। उनले भनिन्, नयाँ कानूनको उद्देश्य कर सम्बन्धि विवादहरूलाई कम गर्नु, कर प्रणालीमा निश्चितता बढ़ाउनु तथा स्वैच्छिक अनुपालनलाई प्रोत्साहित गर्नु हो।
उनले बताइन्, पश्चिम बङ्गाल औ सिक्किमका विभिन्न क्षेत्रहरूमा आगामी 19 र 21 मई, 2026- का दिन जागरूकता कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रमको सञ्चालन सम्बन्धित प्रधान आयकर आयुक्त तथा आयकर आयुक्त (श्रोतमा कटौती)- को नेतृत्वमा गरिनेछ। यसको उद्देश्य करदाता, पेशावर, व्यापारिक सङ्गठन तथा अन्य हितधारकहरूलाई नयाँ कानूनप्रति जागरूक गराउनु हो।
कार्यक्रममा नयाँ आयकर अधिनियम-2025 का प्रमुख विशेषताहरूमाथि तकनिकी सत्र एवं सम्वादको कार्यक्रम पनि आयोजना गरियो। पूर्व मुख्य आयकर आयुक्त अशोक कुमार झाले आयकर अधिनियम 1961 -बाट नयाँ विधायी ढाँचामा परिवर्तनको प्रक्रिया तथा यसको सरलीकरण सम्बन्धि उद्देश्यहरूमाथि आफ्नो विचार साझा गरे।
यस अवसरमा “कर सेतु” नामक मार्गदर्शिका पनि प्रस्तुत गरियो जसमा आयकर अधिनियम 1961 र आयकर अधिनियम 2025- सित जोड़िएको सामान्य प्रश्नहरूको उत्तर दिइएको छ। नयाँ अधिनिमका प्रमुख विशेषता तथा सामान्य उपयोकका प्रपत्रहरूसित सम्बन्धित पुस्तिकाहरू विभिन्न भाषाहरूमा उपलब्ध गराइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा