
खरसाङ, 14 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाद्वारा तीनधारे महानदी समष्टिको घैयाबारीमा सांगठनिक सभा साथै पार्टी समर्थन कार्यक्रम सम्पन्न भएको छ। गोजमुमोका पुराना पदाधिकारीहरु पुन: पार्टीमा फर्किन थालेका छन्। यस क्रममा गोजमुमो घैयाबारीको संयोजक दिप सन्यासीको नेतृत्वमा घैयाबारीको बुथ नम्बर 257 बाट गोजमुमो घैयाबारी खण्ड समितिका पूर्व सभापति मणिकुमार छेत्री, पूर्व सचिव राजेन खाती लगायत जम्मा 5 घर गोजमुमोमा फर्किएका छन्।
त्यसरी नै सिलिम हिल 254 बुथबाट देवपाल लामाको अगुवाईमा 20 घर परिवार गोजमुमोमा फर्किएका छन्। समर्थन सभा घैयाबारीका संयोजक दिप सन्यासीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा संयोजक दिप सन्यासी, युवा मोर्चाबाट शेलेन्द्र लोहार, सुरज गहतराज, नारी मोर्चाकी नेतृत्व अञ्चली लामा, अनु राई लगायत अन्य पदाधिकारीहरु पनि उपस्थित रहेका थिए।
गोजमुमो घैयाबारीका संयोजक दिप सन्यासीले गोजमुमो अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जातिको समस्या समाधान हुने आशा व्यक्त गरे। मणिकुमार छेत्रीले भने, बिमल गुरुङले हामीलाई सही मार्गमा लिएर जानेछन्। अब भ्रष्टाचारीहरीहरूलाई सजाय दिनुपर्छ। घैयाबारी क्षेत्रका युवाहरुले काम पाउनुपर्छ।
हिन्दुस्थान समाचार / हनोक