गोरामुमो टुङ सन्त मेरिज समष्टिको सांगठनिक सभा सम्पन्न
गोरामुमो टुङ सन्त मेरिज समष्टि को सांगठनिक सभा सम्पन्न


सोनादा, 14 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत टुङ सन्त मेरिज समष्टिको आयोजनामा आज सन्त मेरिज ग्राम सेवा समिति भवनमा सांगठनिक सभा सम्पन्न भएको छ। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको प्रमुख उपस्थितिमा आयोजित सभामा पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।

समष्टि सचिव सन्तोष सुब्बाले जानकारी गराउॅंदै भने, हालैमा सम्पन्न भएको बंगाल बिधानसभा चुनाउमा भाजपाले ऐतिहासिक बिजय हासिल गरेको छ। दार्जिलिङ पहाड, तराई अनि डुवर्समा गोर्खा उम्मेदवारहरुले बिजय हासिल गरेका छन्। जनताले परिवर्तनको निम्ति भोट दिएका हुन्। यो बिजय गोर्खा जातिको मुद्दाको हो। अब गोर्खा जातिको अनुहारमा उज्यालो छाउनेछ। यहाँ कसैको पनि हार भएको छैन, हामी सबै गोर्खा हौं, गोर्खा भएर बाँच्नु पर्छ।

आफ्नो सम्बोधन राख्दै निमा लामाले भने, हामीलाई बंगाल सरकारले थिचोमिचो अनि लाचार बनाएर राखेको थियो। अब त्यसको अन्त भएको छ। हामीलाई जीटीए जस्तो अंसवैधानिक व्यवस्थामा राखेको थियो, अब त्यो पनि चॉंडै खारेज हुनेछ। घोटालाले भरिएको जीटीएले सरकारद्वारा दिएको चाना समेत छोडेन। अब पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिले न्याय पाउनेछ। जबसम्म संस्थापक अध्यक्ष सुवास घिसिङले देखाएको सपना पूरा हुँदैन, तबसम्म गोरामुमो लागि पर्नेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande