
कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई बिहीवार कलकत्ता उच्च अदालत परिसरमा त्यसबेला अप्रिय स्थितिको सामना गर्नु पऱ्यो जतिबेला वकिलहरूको एक वर्गले उनको विरोधमा ‘चोर-चोर’- को नारा लगाए।
जानकारी अनुसार ममता ब्यानर्जी पोस्ट-पोल हिंसासित सम्बन्धित एक मामिलाको सुनवाईमा उपस्थित हुनका लागि कलकत्ता उच्च अदालतमा गएकी थिइन्। अदालतमा सुनवाई भएपछि उनी बाहिर आइरहेकी थिइन्, परिसरमा उपस्थित केही मानिसहरूले उनको विरोधमा नाराबाजी गर्न शुरू गरे। यस अवधि माहोल धेरै तनाउपूर्ण भयो।
स्थिति यहाँसम्म पुग्यो कि उनलाई सुरक्षा कर्मी र तृणमूल कङ्ग्रेसको लीगल टीमलाई भीड़देखि बाहिर निकालेर सुरक्षित रूपमा वाहनसम्म पुऱ्याउनुपऱ्यो। नराबाजी भइरहेको कारणले ममता ब्यानर्जीलाी कारसम्म पुग्न ठूलो कठिनाईको सामना गर्नुपऱ्यो।
यस अवधि अदालत परिसरभित्र ठूलो खैलाबैला देखियो भने सुनवाई अवधि विभिन्न पक्षहरूले चर्को तर्क राखे। केही अधिवक्ताहरूले हिंसा र अवैध निर्माणलाई लिएर गम्भीर आरोप समेत लगाए जबकि सरकारी पक्षले भन्यो, कतिपय आरोपहरू पर्याप्त आधार बिनै लगाइँदैछ।
सरकारी पक्षले अदालतसित जाँचको लागि समय दिने माग गऱ्यो भने याचिकाकर्ताको पक्षले भन्यो, राज्यमा पोस्ट-पोल हिंसा लगातार जारी छ, त्यसैले कड़ा कारबाही हुन आवश्यक छ।
सुनवाईपछि मामिलामाथिको निर्णयलाई सुरक्षित राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा