खरसाङ नगरपालिका क्षेत्रबाट 59 परिवार भारतीय जनता पार्टीमा सामेल
खरसाङ नगरपालिका क्षेत्रबाट 59 परिवारहरु भारतीय जनता पार्टीमा सामेल


खरसाङ, 14 मई (हि.स.)। भारतीय जनता पार्टीको खरसाङ पार्टी कार्यालयमा आज भव्य समर्थन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा खरसाङ नगरपालिकाका विभिन्न वार्डहरूबाट जम्मा 59 परिवारहरु भारतीय जनता पार्टीमा औपचारिक रूपमा सामेल भएका छन्।

भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको हातबाट सबैलाई भाजपाको झण्डा ग्रहण गराएर पार्टीमा सामेल गराइयो। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष लामाले सम्पूर्ण नयाँ सदस्यहरूलाई भाजपा परिवारमा स्वागत गर्दै पार्टीलाई तल्लो स्तरसम्म सुदृढ बनाउन खटिरहेका सम्पूर्ण कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे।

उक्त समर्थन कार्यक्रममा राज्य कार्यकारिणी सदस्य हरि निरौला, उपाध्यक्ष आरबी लामा, सचिव श्याम बस्नेत, सचिव निरज थापा, एमके जिम्बा, कानुनी सल्लाहकार रमेश अग्रवाल, सोशल मिडिया इन्चार्ज चन्दन प्रसाद, भाजयुमो महासचिव विक्रम छेत्री लगायत 15 जना मण्डल अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहेको थियो।

उक्त पार्टी प्रवेश कार्यक्रमको नेतृत्व खरसाङ–गिद्धापहाड मण्डल अध्यक्ष दिक्षा तामाङ, खरसाङ चिम्नी देउराली मण्डल अध्यक्ष सञ्जय थापा तथा सन्त मेरिज गोराबारी मण्डल अध्यक्ष सुभलक्ष्मी थापाले गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande