
खरसाङ, 14 मई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चिया बगानमा गोर्खा जनमुक्ति मोर्चा मालुटार खण्ड समिति गठन गरिएको छ। पुस्तक राईको सभाध्यक्षतामा सम्पन्न भएको सभामा तीनधारे महानदी समष्टि अध्यक्ष ऐतमान राई उपस्थित थिए।
सभामा गोर्खा जनमुक्ति मोर्चाको मालुटार खण्ड समिति गठन गरिएको छ। उक्त खण्ड समितिमा सभापति सन्तोक राई, उप सभापति बिजय राई र श्यामकुमार राई, सचिव सञ्जय राई, सह सचिव सुवास राई र सुजन राई, कोषाध्यक्ष महेन्द्र राई र राज राई, प्रमुख सल्लाहकारहरूमा कुमार राई, अजय सुब्बा, पुस्कल राई, श्यामकुमार राई लगायत 51 जनाको कमिटी गठन गरिएको छ।
गोजमुमो तीनधारे महानदी समष्टिका सभापति ऐतमान राईले यसपालीको चुनाउमा मालुटार बुथ नम्बर 243 का सम्पूर्ण मतदाताहरुले बुथ साथै भाजपा विधायक सोनम लामालाई जिताएकोमा धन्यवाद ज्ञापन गरे।
हिन्दुस्थान समाचार / हनोक